एनआरएनए संरक्षक, सल्लाहकार र सदस्यहरु मनोनित प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त


  • November 22, 2015


एनआरएनए संरक्षक, सल्लाहकार र सदस्यहरु मनोनित प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त

सिड्नी । गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद्को १५ नोभेम्बरका दिन बसेको वैठकले संस्थाका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार तथा अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरु मनोनयन गरेको छ । सो वैठकले संघको प्रमुख संरक्षकमा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछाने नियुक्त गरेको छ ।
वैठकमा अध्यक्ष शेष घलेले संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रीय संयोजकहरुले सिफारिस गरि पठाएका र बिभिन्न क्षेत्रका दिग्गज ब्यक्तित्वहरुको नाम प्रस्ताव गरि बैठकले सवै प्रस्तावहरुलाई बहुमतले पारित गरेको छ ।
यसैगरी वैठकले संरक्षकहरुमा कुलचन्द्र गौतम, इन्द्रा वन, डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनयन गरेको छ ।
साथै वैठकले गैरआवासीय नेपाली संघमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बिभिन्न क्षेत्रका ११ जना दिग्गज ब्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ । जस अनुसार सल्लाहकारहरुमा डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआर्दश पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ, दीपक खड्का, पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्प थापा र एकनाथ खतिवडा नियुक्त भएका छन् ।
वैठकले विधानअनुसार नियुक्त गर्न सकिने १५ जना मनोनित आईसीसी सदस्यहरु पनि नियुक्त गरेको छ । जसमा अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचन र खगेन्द्र जिसीे एशिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा र जानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरके शर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री नियुक्त भएका छन् ।
यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद्को प्रवक्तामा रञ्जु थापा वाग्लेलाई नियुक्त गर्ने भनी नोभेम्बर ३ तारिखको अफिस बियररको वैठकले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।
विधान संसोधन समितिको अध्यक्षमा डा. हेमराज शर्मा र बिधान ब्याख्या समितिको अध्यक्षमा कुलचन्द्र गौतमलाई निरन्तरता दिने निर्णय उक्त वैठकले गरेको छ ।
वैठकले नेपालमा आइपरेको मानवीय संकट समाधानका लागि सहयोग गर्न विपत ब्यबस्थापन समिति गठन गरेको छ । अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित समितिमा कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला र इन्द्रा बन, शिशिर भट्ट र रजनी प्रधान सदस्य रहेका छन् । समितिले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटलाई समाधान गर्न अत्याबश्यक औषधी सहयोग गर्न तदारुकताका साथ कार्य अगाडी बढाउने प्रवक्ता रञ्जु थापाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।


NEPAL NEWS Team
286 views

सम्बन्धित समाचारहरु