Monday, December 4, 2023

भारतीय नाकाबन्दीको अस्ट्रेलियाभरि व्यापक विरोध प्रर्दशन (फोटो झलक सहित)


  • November 21, 2015


भारतीय नाकाबन्दीको अस्ट्रेलियाभरि  व्यापक विरोध प्रर्दशन (फोटो झलक सहित)

सिड्नी । गैर आवासिय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले भारतीय नाकाबन्दीको विरोधमा अष्ट्रेलियाका पाँचवटा मुख्य शहरमा शुक्रबार ( नोभेम्बर २० तारिक) एकैसाथ प्रर्दशन गरेको छ ।Screen Shot 2015-11-21 at 7.15.52 PM
अष्ट्रेलियाको प्रमुख शहर सिड्नी, ब्रिसबेन, मेलबर्न ,डार्विन र एडिलेडमा प्रवासी नेपालीहरुले भारतिय रवैयाको खुलेर विरोध गरेका प्रर्दशन गरेका छन । अस्ट्रेलियाका यी प्रमुख शहरहरुमा सयौको संख्यामा उपस्थीत नेपालीहरु प्लेकार्ड र नारा सहित बिरोध प्रर्दशनमा उत्रिएका थिए ।12250135_1097123680305662_7672057883623180045_n
४२ डिग्री तापक्रमको तातोलाई परबाह नगरी सिड्नीको मार्टिन प्लेसमा उपस्थीत नेपालीहरुले ब्यापक विरोध प्रर्दशन गर्दै तत्काल नाकाबन्दी हटाउन र नेपालमाथिको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए । करिब पाँच सयको संख्यामा उपस्थित भिड्ले सिड्नीको मुटु मानिने मार्टीन प्लेसमा करिब डेढ घन्टा धर्ना र विरोध प्रर्दशन गरेको थियो । यसको प्रमुख उद्देस्य भनेको अन्तराष्ट्रिय रुपमा भारतविरुद्ध दबाब श्रृजना गर्नु हो ,एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बताए । सिग्देलले एनआरएनएको यो विरोधको पहिलो कार्यक्रम रहेको र अघोषित नाकाबन्दी नहटे अझै लामो विरोध कार्यक्रम चल्ने बताए । 12240455_185674425109317_9214033983189818508_o12238422_1004107122945080_5915949149998394432_o
मोदी भूपरीवेष्ठित मुलुकको अधिकारको सम्मान गर, नेपालमाथिको अमानवीय, गैरकानुनी र गैरन्यायिक नाकाबन्दी बन्द गर।जस्ता प्लेकार्ड लिएर नेपालीहरु प्रर्दशनमा सहभागी भएका थिए । यो एनआरएन अष्ट्रेलियाले दबाबस्वरुप पहिलो चरण बिरोध प्रर्दशन रहेको र दोस्रो चरणमा भारतीय राजदुतावास लगायत सम्बन्धित अन्य कुटनैतिक नियोग र निकायहरुमा बिरोध पत्र बुझाउने कार्यक्रम रहेको एनआरएन न्यु साउथवेल्सका उप संयोजक प्रकाश खरेलले नेपाल न्युज अस्ट्रेलियालाई बताए । 12244665_185674868442606_2739878640823945385_o
विरोधलाई प्रभावकारी पार्न र अन्तराष्ट्र्रीय दबाब श्रृजना गर्न एनआरएनले अस्ट्रेलियन सरकारको विदेश मन्त्रालय र अस्ट्रेलियाको विभिन्न राजनैतिक संस्थाहरुलाई अघोषित नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने खरेलले जानकारी दिए । 11220103_456298881238461_5334319429780026455_n
अन्तमा संयुक्त राष्ट्र संघको नियोग, एम्नेस्टी इन्टरनेसनल, रेडक्रस लगायतका विभिन्न संस्थाहरुलाई भारतले नेपाल बिरुद्ध गरेको नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने समेत कार्यक्रम रहेको एनएसडब्लुका सचिब भुपाल सिटौलाले बताए ।
11216703_1045318992155441_477877821862082920_n
12249910_10153812020460929_7599329424377029097_n
Screen Shot 2015-11-21 at 7.31.01 PM
Screen Shot 2015-11-21 at 7.30.25 PM


NEPAL NEWS Team
173 views

सम्बन्धित समाचारहरु