Thursday, March 28, 2024

संविधान संशोधनमा दबाब दिने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक


  • November 8, 2015


संविधान संशोधनमा दबाब दिने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले तराई–मधेसको समस्या समाधान गर्न भन्दै संसदमा दर्ता संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउन सरकारलाई दबाब दिने भएको छ। संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्नका लागि कांग्रेस संसदीय दलको अहिले बिहान बैठक बस्दैछ । बैठकले तराई–मधेसको समस्या समाधान गर्न आग्रह गर्दै कांग्रेस नेतृत्वको तत्कालीन सरकारले दर्ता गराएको संशोधन प्रस्ताव अघि बढाउन दबाब दिने निर्णय लिँदैछ । बैठक आइतबार बिहान ९ बजे डाकिएको छ। मधेसको समस्या समाधानका साथै संविधान संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले आइतबार बस्ने व्यवस्थापिका संसद बैठकमा आवाज उठाउनेछ । सरकारले संशोधन प्रक्रियालाई अघि नबढाए कांग्रेसले रोस्ट्रम घेराउसहितका दबाबमूलक कार्यक्रम गर्ने तयारीसमेत गरेको बताइएको छ। ‘संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले संसदीय अभ्यासभित्रका सबै प्रक्रिया अवलम्बन गर्नेछ,’ कांग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले भने, ‘तराई–मधेसका समस्या तत्काल समाधान गर्नुको विकल्प छैन।’ प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी शीर्ष नेताको प्रतिबद्धताअनुसार सुशील कोइराला नेतृत्व सरकारले समावेशिता, समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव दर्ता गराइसकेको छ। तर, एमाले नेतृत्वको सरकार संविधान संशोधनको उक्त प्रस्तावप्रति गम्भीर नभएको ठहर गर्दै कांग्रेस केन्द्रीय समिति बैठकले संशोधन प्रस्ताव अघि बढाउन संसदमा दबाबमूलक कार्यक्रम अघि बढाउनुका साथै संशोधनका पक्षमा जनमत निर्माण गर्ने निर्णय यसअघि नै लिइसकेको छ।


NEPAL NEWS Team
197 views

सम्बन्धित समाचारहरु