Sunday, December 3, 2023

४० दिनपछि प्रहरीले हस्तक्षेप गरेर वीरगन्ज नाका खुलायो


  • November 2, 2015


४० दिनपछि प्रहरीले हस्तक्षेप गरेर वीरगन्ज नाका खुलायो

काठमाडौं । करिब दुई महिनादेखि वीरगञ्ज नाकालाई अवरुद्ध पारेर नेपाल भारत सीमाको मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले हटाएको छ। सोमबार बिहानै ५ः १० प्रहरीले नाकामा रहेका प्रदर्शनकारीलाई हटाएर बाटो खुलाएको पर्सा प्रहरीका एसपी राजुबाबु श्रेष्ठले बताए। नाकाको अवरोध हटाइएसँगै नेपालतर्फ रोकिइरहेका भारतीय ट्रकहरुलाई सीमा पारि पठाउन थालिएको छ। तर भारत तर्फबाट भने कुनै गाडि पनि नेपाल प्रवेश गरेका छैनन् । नाकाबाट आन्दोलनकारीलाई सुरक्षाकर्मीले हटाएपछि वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरू भारत प्रवेश गरेका हुन्। अहिलेसम्म १५० भन्दा बढी भाततीय गाडी नाका कटेको श्रेष्ठले बताए।
रातिको समयमा थोरै संख्यामा रहेका मोर्चा कार्यकर्ता सुतेको समय पारेर सुरक्षाकर्मीले एकाबिहानै हस्तक्षेप गरेको थियो। पर्सा प्रहरीका एसपी श्रेष्ठका अनुसार सोमबार बिहान पाँच बजेर १० मिनेटमा सुरक्षाकर्मीले मितेरी पुलमा धर्नामा बसेका पाँच कार्यकर्तालाई पक्राउ गरेको थियो भने पाँचजना भागेका थिए। ‘१५० गाडी रक्सौल छिरे अन्य गाडी तथा ट्रक भारत छिर्न लामबद्ध छन्। नेपालबाट गाडीहरु भारत प्रवेश गरे पनि भारतबाट भने कुनै पनि गाडी नेपाल प्रवेश गरेका छैनन्,’ एसपी श्रेष्ठले भने। प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधस्वरुप आन्दोलनकारीले वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गर्न थालेका छन्। नाकामा प्रदर्शनकारी धर्ना बसेको टेन्ट सुरक्षाकर्मीले लगेको छ।


NEPAL NEWS Team
154 views

सम्बन्धित समाचारहरु