Thursday, July 11, 2024

भारतीय चालकहरु नै धर्ना


  • October 27, 2015


भारतीय चालकहरु नै धर्ना

काठमाडौं । नाकाबन्दीले अलपत्र परेका भारतीय सवारीका चार दर्जन बढी चालकले घर फिर्ताका लागि वातावरण बनाइदिन भन्दै सोमबारदेखि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा थालेका छन् ।दिनहुँ आश्वासन मात्र पाउने गरेकाले बाध्य भएर साँझदेखि दूतावासको २ नम्बर गेट सामुन्ने त्रिपाल ओछ्याएर उनीहरू धर्नामा बसेका हुन् । ुनाकामा भोकै मर्नुभन्दा आफ्नै सरकारका प्रतिनिधिका अगाडि मर्नेु भन्दै आफूहरू धर्नामा बसेको भारतको पन्जाबका ट्रक चालक दलजित सिंहले बताए । दूतावासका कर्मचारीले नाकाको अवरोध हटाउन नसकिने बताएपछि आफूहरू धर्नामा बसेको सिंहले जनाए । भारत फर्किने मितेरी पुलमा मधेसवादी दलका कार्यकर्ता ३३ दिनदेखि धर्नामा छन् । धर्नास्थलभन्दा करिब ३ सय मिटर दूरीमा भारतीय ट्रक रोकिएका हुन् ।
नेपालका विभिन्न सहरमा सामान अनलोड गरी भारत र्फकने क्रममा वीरगन्ज नाकामा करिब ५ सय भारतीय सवारी साधन अलपत्र छन् । ‘५ सय गाडीका हामी करिब हजार जना चालक÷सहायक छौं,’ सिंहले भने, ‘आफ्ना नागरिक विदेशी भूमिमा अलपत्र पर्दा पनि भारतीय सरकारलाई कुनै चासो छैन ।’ बेखर्ची बनेपछि चना र भुजा मात्र खाएर गुजारा गरिरहेको चालकहरूले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
384 views

सम्बन्धित समाचारहरु