Thursday, April 18, 2024

राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेद्वारी दर्ता आज


  • October 27, 2015


राष्ट्रपति र उपराष्ट्रपतिका लागि  उम्मेद्वारी दर्ता आज

काठमाडौं । नयाँ संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि आज उमेदवारी दर्ता हुँदैछ । दलहरुका बीचमा सहमति आधारमा उमकेदवारी चयन हुन नसकेपछि बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्न आज उमेदवारी दर्ताको कार्यक्रम छ । सचिवालयले बहुमतीय आधारमा ती पदका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मङ्गलबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गराउन समय तोकिएको छ । सो अवधिभित्र दर्ता गराइएका प्रस्तावबमोजिमको राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमाथि मङ्गलबार अपराहृन २ बजेसम्म दाबी विरोध गर्ने समय तोकिएको छ । उम्मेदवारी दर्ता गराएको भए पनि फिर्ता लिन चाहने उम्मेदवारलाई सचिवालयले समय समेत उपलब्ध गराएको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।निर्वाचन कार्यक्रमानुसार कात्तिक ११ गते अपराहृन ३ बजे व्यवस्थापिका(संसद्मा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ । एकीकृत नेकपा माओवादीले उपराष्ट्रपतिमा पूर्वलडाकु प्रमुख नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य दलका तर्फबाट भने उपराष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । गोप्य मतदानका आधारमा चयन हुने राष्ट्रपतिको निर्वाचनका लागि ४५ वर्ष उमेर पुगेका योग्य नेपाली नागरिकले उमेदवारी दिन सक्ने संवैधानिक व्यवस्था छ ।


NEPAL NEWS Team
275 views

सम्बन्धित समाचारहरु