Wednesday, June 19, 2024

भारतीय राजदूत ओलीलाई भेट्न बालकोट पुगे


  • October 12, 2015


भारतीय राजदूत ओलीलाई भेट्न बालकोट पुगे

काठमाडौं । नेपालका लागि भारतीय राजदूत राञ्जित रायले प्रधानमन्त्री केपी ओलीलाई वालकोटस्थित निवासमै पुगेर भेट गरेका छन् । राजदूत रायले नाकाबन्दी चाँडै हट्ने आश्वाशनसमेत दिएका छन् ।प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत राय सोमबार बिहानै बालकोट पुगेका थिए ।

उनले ओलीलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिएका थिए । चिनियाँ राजदूतले आइतबार नै ओलीलाई भेटेर बधाइ दिएकोमा भारतीय राजदूत त्यसको भोलिपल्टमात्रै ओलीलाई भेट्न पुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने आइतबार नै टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाइ दिनुका साथै भारत भ्रमणको निम्तो दिइसकेका छन् ।

भारतीय राजदूत रायले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन चलखेल गर्नुका साथै मधेसी, थारु लगायतका नेताहरुलाई दूताबासमा बोलाएर आन्दोलनका लागि उक्साउने प्रयास गर्दै आएका थिए । नेपालसँगको सम्बन्ध बिगारेको आरोपमा दिल्लीले उनलाई फिर्ता बोलाउने सम्भावना रहेको पनि सूत्रहरुले बताएका छन् ।


NEPAL NEWS Team
292 views

सम्बन्धित समाचारहरु