चितवन समाज अष्ट्रेलियामा डल्लाकोटी, लाख डलरको अक्षय कोषको घोषणा


  • October 5, 2015


चितवन समाज अष्ट्रेलियामा डल्लाकोटी, लाख डलरको अक्षय कोषको घोषणा

सीड्नी । चितवन समाज अष्ट्रेलियाको दोश्रो साधारणसभाले एक लाख डलरको अक्षयकोष खडा गर्ने निर्णय गरेको छ । चितवन जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गनेलाई र जिल्लाको समस्यामा सहयोग गर्ने उद्देस्यले सो अक्षयकोष खडा गरिएको हो । यसका साथै चितवन जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तयारी पनि समाजले गरेको छ । शनिबार सम्पन्न साधारणसभाले बुद्धि डल्लाकोटीलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा छवि सापकोटा, सचिवमा अनिल पोखरेल, सहसचिवमा धर्मराज अधिकारी, कोषाध्यक्षमा पुरुषोत्तम सडौला, सहकोषाध्यक्षमा सीता सुवेदीलाई पनि चुनेको छ । यसैगरी पब्लीक रिलेशन अफिसरमा रोशन घले छन् । यस्तै सदस्यहरुमा शेष पाठक, विकास बर्र्तौला, जितेन्द्र सापकोटा, कृष्ण शर्मा, निरञ्जन विशुराल, शर्मिला घिमिरे, विनोद पौडेल, मुकुन्द भट्टराई, रामचन्द्र सापकोटा, उत्तम सडौला, रमेश थापा, लेख गुरुङ र पूर्ण घिमिरे रहेका छन् । यस्तै, चितवनबाट अष्ट्रेलिया आई विभिन्न उच्च पदमा पुग्न सफल व्यक्तित्वहरु, प्राध्यापक, व्यवसायी सम्मिलित १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । चितवन जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई समेट्नका लागि गठन गरिएको संस्थाले आफ्नो दोश्रो साधारणसभा मनाएको हो । साधारणसभाबाट घोषणा गरिएको एक लाख डलरको अक्षयकोषका लागि शनिबार मात्रै २० हजारभन्दा बढी सहयोग संकलन भइसकेको छ । कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले समाजहरु बन्नु खुशीको कुरा हो भन्दै चितवन समाज शशक्त रुपमा नेपाली समूदायमाझ आउने आशा व्यक्त गरेका थिए । यस्तै एनआरएन एससीसी न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले समाजले उदाहरणीय कार्य गरेको भन्दै सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल, आईसीसी सदस्य केशव सापकोटा,बालचन्द्र भट्टराइ लगायतका वक्ताहरुले शुभकामना दिएका थिए ।समाजका अध्यक्ष बुद्धि डल्लाकोटीले कुरा भन्दा काम गरेर देखाउनु पर्ने चुनौती रहेको बताए । पहिलो सर्तका रुपमा आर्थिक व्यवस्थापनमा जोड दिन्छौ र एकबर्ष भित्र एक लाख डलर संकलन गरी अक्षयकोष बनाउने निर्णय गरेका हौं । हामी अष्ट्रेलियाभरका चितवनवासीलाई यस संस्थामा आबद्ध हुन आग्रह गर्दछौं ।” संस्थाको सदस्यताको निम्ति १० डलर शुल्क तोकिएको छ


NEPAL NEWS Team
238 views

सम्बन्धित समाचारहरु