Wednesday, June 19, 2024

पारसलाई कारबाही, कप्तानबाट हटाइयो


  • October 2, 2015


पारसलाई कारबाही, कप्तानबाट हटाइयो

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष निकालेको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
313 views

सम्बन्धित समाचारहरु