Saturday, June 15, 2024

चितवन समाजको साधारणसभा शनिबार


  • September 27, 2015


चितवन समाजको साधारणसभा शनिबार

सिड्नी । अस्ट्रेलियामा फैलिएको चितवनबासीहरुको साझा संगठन चितवन समाजको नया नेतृत्वको चयन यहि आउदो शनिबार एसफील्ड पार्कमा हुने भएको छ । चितवनका दुख सुखको साझा चौतारीको रुपमा रहेको समाजको निर्वाचनका लागि यस अघि दुइ सदस्यीय समीती बनेको थियो । यसअघिका अध्यक्ष बुद्धी डल्लाकोटी र सदस्य छबी सापकोटाको समितीले यही आउदो अक्टोबर तिन तारिख नया नेतृत्व चयनका लागि भेला बोलाएको हो । हाम्रो साझा चौतारीको नेता छान्ने तयारीका लागि बार्बीक्यु पार्टी र साधारणसभा आयोजना गरिएको चितवन समाजका सदस्य तथा एनआरएन आइसीसी सदस्य बालचन्द्र भट्टराइले बताए । उनले समाजले यसअघि चितवनका भिन्न सामाजिक कार्यमा सहयोग पुरयाउदै आएको बताए ।
अस्ट्रेलिया यस्तो देश हो जहाँं चितवनको बाहुल्यता र प्रभुत्व सधै अग्रस्थानमा रहने गर्छ । समाजले सबै क्षेत्र र चितवनबासीको हक र हितका साथै मुलुकको शिक्षा र स्वास्थ क्षेत्रमा समेत सहयोग गर्ने लक्ष्य राखेको समाजका अर्का सदस्य तथा एनआरएन आइसीसी सदस्य केशव सापकोटाले बताए । जन्मेको ठाउ र माटो स्वर्ग भन्दा प्यारो हुन्छ भनेझै चितवन समाजले जन्मेको र हुर्केको ठाउलाई संझने र माया गर्ने बातबरण बनाइदिएको सापकोटाको कथन थियो ।


NEPAL NEWS Team
372 views

सम्बन्धित समाचारहरु