Wednesday, June 19, 2024

सापकोटा एनआरएनमा यूरो संयोजकमा भिड्दै


  • September 26, 2015


सापकोटा एनआरएनमा यूरो संयोजकमा भिड्दै

सिड्नी । एक दशकदेखि एनआरएन अभियानमा संलग्न सोम सापकोटाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै युकोपको संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘युरोप क्षेत्र र प्रवासमा रहेका नेपाली समुदायको समन्वयमा उम्मेदवारी दिने तयारी गरेको छु,’ सापकोटाले भने, ‘सबैको सहयोग र सकरात्मक सुझाबको अपेक्षा व्यक्त गर्दछु ।’ उनले गैर आवासीय संघले अबलम्बन गरेको नीति, नियम र योजनाहरुलाई निरन्तरता दिंदै बिगतका अनुभबको आधारमा संघको अभियानलाई उचाईमा पुर्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता गरेका छन् । सापकोटाले युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोपबाट नेपाललाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गर्नु पर्नेमा जोड दिएका छन् ।
सापकोटा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद पोर्चुगलको सदस्य हुँदै, गैर आबासीय नेपाली संघको अभियानमा संलग्न बनेका थिए। पछि डेनमार्कमा बसाई सरे सँगै,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष हुदै काम शुरु गरेका थिए । संघको अभियानमा निरन्तरता दिदै, सापकोटा अन्तराष्ट्रिय समन्य परिषद सदस्य हुँदै ,हाल युरोप क्षेत्रको उपसंयोजकको जिम्मेबारी सफलतापुर्बक निर्बाह गरिरहेका छन् ।आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौ हुने संघको सातौ अधिबेशन नजिकिदै गैरआवासीयहरुले उम्मेद्वारी घोषणाको क्रमलाई तिब्रता दिएका छन । ‘गैर आवासीय नेपाली संघ तर्फको पहिलो पाइला सन् २००४ देखि रोजगारीको सिलसिलामा पोर्तुगालमा रहँदा, चालिएको हो ,सोमले भने ।
पोर्तुगालबाट सुरू भएको सोमको आवद्धता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद पोर्तुगालको सदस्य २००५—०७ हुँदै २००८ – ११ सम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको संस्थापक अध्यक्ष हुदै २०११ —१३ अन्तराष्ट्रिय समन्य परिषद सदस्य लगायत संघका विभिन्न कार्यदलमा सहभागी लगायत २०१३ देखि हाल अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजकका रूपमा रहीआएको छ ।


NEPAL NEWS Team
335 views

सम्बन्धित समाचारहरु