आज मुस्लिम समुदायको बकर इद मनाइँ


  • September 25, 2015


आज मुस्लिम समुदायको बकर इद मनाइँ

दै
काठमाडौं । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) शुक्रबार मनाइँदै छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार शुक्रबार बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । बकर इद तीन दिनसम्म मनाइन्छ । बकर इदका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।


NEPAL NEWS Team
396 views

सम्बन्धित समाचारहरु