नेपालीको स्वामित्वमा हन्स्वीमा ग्रोसरी पसल संचालन


  • September 21, 2015


नेपालीको स्वामित्वमा हन्स्वीमा ग्रोसरी पसल संचालन

सिड्नी । सिड्नीमा नेपालीहरुको संख्या बढ्दै गएको परिपेक्ष्यमा सिड्नीमा नेपालीहरुले विभिन्न व्यवसायीक क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् ।
यसै सन्र्दभमा हन्स्वी ९ ज्इचलकदथ० मा नेपाली युवाहरु सुरज भट्टराई तथा टेकराज पोखरेलले नेपाली ग्रोसरी सहितको मीट सप हालै संचालनमा ल्याएका छन् । मुख्यतः हन्सवी क्षेत्रका नेपालीहरु बढीरहेको अवस्थालाई मध्यनजर गरी आफूहरुले प्यासीफिक फ्रेस मिट एण्ड ग्रोसरी पसल संचालनमा ल्याएको व्यवसायीद्वय सुरज र टेकरकाजले नेपाल न्युज अस्ट्रेलियालाई बताए । FullSizeRender.jpg (2)
नेपालमा रहँदा व्यवसायमा संलग्न रहेका व्यवसायीद्वयले सस्तो र सुलभ मूल्यमा नेपालीहरुलाई चाहिने ग्रोसरीका सबै सामाग्रीहरु एकै थलोबाट उपलब्ध हुने बताए ।
उक्त ग्रोसरी पसलमा नेपालकै स्वादमा पाइने गुन्द्रुक, मस्यौरा, चिउरा, चुक, टिम्बुर लगायत खसीको मासु, सुकुटी, भुटन, मृगको मासु, लोकल कुखुराको मासु पाइनेछ । साथै अर्गानिक सागसब्जी र फलफूल लगायत पुजाका सामाग्रीहरु समेत पाइने भटट्राईले बताए । FullSizeRender.jpg
१८७ प्यासिफिक हाइवे हन्स्वीमा रहेका उक्त ग्रोसरी पसल सो भेगमा नेपालीको स्वामित्वमा संचालन भएको पहिलो ग्रोसरी पसल हो । आफ्नो पसलमा आएर सस्तो र सुलभ मुल्यमा गुणस्तरीय ग्रोसरीका सामग्रीहरु किनिदिनुहुन पनि व्यवसायीद्वयले सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।


NEPAL NEWS Team
426 views

सम्बन्धित समाचारहरु