एनआरएनए महासचिव पदमा रञ्जु वाग्लेको उम्मेद्वारी


  • September 21, 2015


एनआरएनए महासचिव पदमा रञ्जु वाग्लेको उम्मेद्वारी

सिड्नी । आउँदो अक्टोबर १४ देखि १७ तारिखमा काठमाडौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघको सातौ अन्र्तराष्ट्रिय सम्मेलन तथा अधिवेशनमा महासचिव पदका लागि संघकी सचिव रञ्जु वाग्ले थापाले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छिन् । सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनमा वाग्लेले सो पदका लागि उम्मेद्वारी घोषणा गरेकी हुन् । ranju
करिब दुई दशकदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएकी थापा लामो समयदेखि एनआरएनएका विभिन्न गतिविधिमा संलग्न हुँदै आएकी छिन् । उनी एनआरएन अस्ट्रेलियामा उपाध्यक्ष, आइसीसी महिला उपसंयोजक, संयोजक हुदंै धेरै अनुभव बटुलसेकी छिन् । सचिव पदमा रहेर दुई वर्षको समयमा समेत देश विदेशमा रहेका नेपालीहरुमा माझ सक्रिय रुपमा लागि परेकी वाग्लेले महासचिव पदमा निर्वाचित भएपछि अझ बढी सक्दो भूमिका खेल्ने उक्त पत्रकार सम्मेलनमा बताइन् । त्यस्तै वाग्लेले नारी निकुञ्ज अस्ट्रेलियामा रहेर नेपाली महिलाहरुको उत्थान र सशक्तिकरणमा उल्लेख्य भूमिका खेलेकी थिइन् ।
पत्रकार सम्मलेनमा वाग्लेले ५ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेकी छिन् । उनले खाडी मलुकमा काम गर्ने नेपाली महिलाहरुको समस्यालाई मध्यनजर गर्दै कल्याणकारी कोष र समस्याको उचित समाधानका लागि सरकारसँग सहकार्य गरी समाधान गर्ने, महिलाहरुको मौलिक, सामाजिक र राजनीतिक हक तथा अधिकारका लाागि काम गर्ने, ओपन यूनिभरसीटी लगायत गैर आवासीय नेपाली संघले शुरु गरेका स्किल वेस्ट फरेन एम्प्लोय्मेन्ट राहत कोष र अन्य योजनाहरुको निरन्तरता दिने बताएकी छिन् ।
भूकम्पका वेला नेपालका दुर्गम ठाउँमा पुगेर राहत वितरणमा समेत अग्रणी भूमिका खेलेकी वाग्लेले नेपालको पुर्ननिर्माण अभियानलाई थप प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएकी छिन् ।
पत्रकार सम्मलेनमा थापाले जाहेर गरेका प्रतिबद्धताहरु ः
ranju-press-724x1024


NEPAL NEWS Team
259 views

सम्बन्धित समाचारहरु