Saturday, August 13, 2022

इसाईका शीर्ष धर्मगुरु नेपाल आउँदै


  • September 9, 2015


इसाईका शीर्ष धर्मगुरु नेपाल आउँदै

काठमाडौं । नयाँ संविधानमा धर्म निरपेक्षताको बारेमा नेपालमा बहस तीव्र भैरहेको समयमा क्याथोलिक इशाइहरु एक शीर्ष धर्मगुरुले नेपाल भ्रमणमा आउन लागेका छन् । विश्वभरका धर्मान्तरण तथा परोपकार गतिविधिको अनुगमन गर्दै आएका धर्मगुरु कार्निडल फर्नान्डो फिलोनी भदौको अन्त्यतिर नेपाल आउन लागेका हुन्। भदौ २९ गते कोलकोता हुँदै नेपाल आउन लागेको फिलोनी ५ दिनेपछि असोज २ गते इटलीको रोमतर्फ लाग्ने छन्। फिलोनी १२ दिने दक्षिण एशियाली देशको भ्रमणको क्रममा नेपाल आउन लागेका हुन् । नेपाल आउनुअघि उनले कोलकोतामा २ र बंगलादेशमा ५ दिने विताउने छन् । क्याथोलिक चर्चका फादर सिलास बोगटीले बैशाख १२ को भूकम्पपछि नेपालमा क्रिश्चियन संस्थाहरुले गर्दै आएको काम र भूकम्प पीडितहरुसँग एक्येबद्धता जनाउनका लागि नेपाल आउन लागेको बताए। नागरिक दैनिकमा समाचार छ ।


21 views

सम्बन्धित समाचारहरु