Thursday, December 7, 2023

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस


  • September 8, 2015


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौँ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस् भन्ने आदर्श वाक्य नाराका साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ । युनेस्कोले यस वर्षको नारा साक्षरता र दिगोपना तय गरेको छ । युनेस्को मुख्यालयमा दुईदिने विशेष उत्सवसहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइनेछ । नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो । दिवसका अवसरमा आज बिहान राष्ट्रपति डा रामवरण यादवले नेपाल विद्याभूषण प्राप्त गर्ने विद्यार्थीलाई पदक वितरण गरे भने दिउँसो सांस्कृतिक गतिविधिसहित उत्कृष्ट विद्यालय, सामुदायिक अध्ययन केन्द्र, शिक्षाकर्मी र विद्यार्थी पुरस्कृत गरिने कार्यक्रम छ । दिवस मनाउन शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा १११ सदस्यीय मूल समिति गठन गरिएको छ । दिवसका अवसरमा साक्षरता निबन्ध प्रतियोगिता, टेलिभिजन संवाद, रेडियो सन्देश, चियापनजस्ता गतिविधि पनि गरिनेछन् । विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ ।


NEPAL NEWS Team
221 views

सम्बन्धित समाचारहरु