Thursday, December 7, 2023

क्यान्सर पीडितलाई सहयोगको अपिल


  • September 7, 2015


क्यान्सर पीडितलाई सहयोगको अपिल

सिड्नी । अस्ट्रेलियामा विगत ७ वर्षदेखि बसोवास गर्दै आएकी संगीता घिमिरे(उषा खराल) को फोक्सोको क्यान्सरका कारण हाल सेन्ट जर्ज अस्पताल कोग्रामा उपचारत छिन् । डाक्टरहरुले उनको क्यान्सर चौंथो स्टेज रहेको बताएका छन् । अस्ट्रेलियाको स्थायी बासिन्दा भैंइनसकेको अवस्थामा संगीताको सम्पूर्ण मेडिकल खर्च आफैं बेहेर्नुपर्ने भएका कारण परिवारजन र आफन्तहरुमा निकै कठिनाई आइपरेको छ ।
श्रीमान, एक छोरी तथा एक छोराका साथ सिड्नीमा बस्दै आएकी संगीताको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न अस्ट्रेलियावासी नेपाली समुदायसँग परिवारजन तथा आफन्तजनहरुले विशेष आग्रह गरेका छन् । थोपा–थोपा मिलेर समुन्द्र बन्छ भनेझैं तपाई हाम्रो सानो–सानो सहयोगले यी पीडित संगीताको उपचारमा अवश्य नै केही राहत पुग्नेछ । अस्ट्रेलियामा छरिएर रहेका सम्पूर्ण मनका धनि नेपालीजनहरुमा निम्न बैक ठेगानामा आर्थिक सहयोग गरिदिनु हुन पनि विनम्र अनुरोध गरिएको छ ।

अस्ट्रेलियामा सहयोगका लागि
Sangita Ghimire
Account: 10449086
BSB: 062190
Commonwealth Bank


NEPAL NEWS Team
349 views

सम्बन्धित समाचारहरु