Sunday, December 3, 2023

प्रधानमन्त्रीद्वारा आन्दोलरत पक्षलाई वार्ताको लागि पुनःआह्वान


  • August 31, 2015


प्रधानमन्त्रीद्वारा आन्दोलरत पक्षलाई वार्ताको लागि पुनःआह्वान

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेसवादी दल र थारु कल्याणकारी सभा तथा थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिलाई पुनःवार्ताको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आन्दोलनरत सङ्घीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई–मधेस सद्भावना पार्टी नेपालका साथै थारु कल्याणकारी सभा तथा थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिका तर्फबाट हिजो पठाइएको पत्रको जवाफमा आज पत्रमार्फत सो आह्वान गरेका छन् । प्रधानमन्त्री कोइरालाले ती दल तथा सङ्घर्ष समितिलाई पठाएको पत्रमा सम्बन्धित पक्षबाट उठाइएका विगतका सम्झौता तथा सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सरकारले यसअघि गरेका निर्णय र प्रस्तावित संविधानको विधेयकमा समेटिएका विषयलाई एकीकृत गरी वार्तामा बसेर छलफल गर्न सकिने बताएका छन् । उनले समेट्नुपर्ने विषयमा सहमति गरी संविधानको विधेयकमा संशोधन प्रक्रियामा जाँदा अझै पनि समावेश गर्ने प्रयत्न गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै आपसी सहमतिलाई तत्काल संविधानको विधेयकमा नै समावेश गरेर संविधान निर्माणको चालु प्रक्रियालाई परिणाममुखी बनाउन सकिने बताएका छन् । उनले यसका लागि संविधानसभाको प्रक्रियालाई स्थगित गर्दा अनिश्चिय उत्पन्न हुने पनि बताएका छन् । प्रधानमन्त्री कोइरालाले आन्दोलनकारी दलबाट गरिएको मागको सम्बोधन हुन सक्ने सम्भावना समेतलाई विचार गरी अविलम्ब वार्तामा आउन अनुरोध गरेका छन् । पत्रमा प्रधानमन्त्रीले वार्ता र सहमतिमा पुग्ने प्रयत्नसँगै तराई–मधेसमा हिंसा, जनधनको नोक्सानी, तोडफोड र त्रासको वातावरणमा सुधार हुने र त्यसपछि सेना र सुरक्षा निकाय सामान्य जिम्मेवारीमा फर्कने पनि उल्लेख गरेका छन् । उनले घाइतेको उपचार र क्षतिपूर्तिको विषय स्वभाविक रुपमै राज्यको जिम्मेवारीभित्र पर्ने बताएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘परिस्थितिलाई सामान्य बनाउन र संवादको माध्यमबाट समस्या समाधान गर्न तपाइँहरुको परिपक्व र सुझबुझपूर्ण नेतृत्वले ठूलो मद्दत पु¥याउने छ । शान्तिपूर्ण छलफलमाथि विश्वास गरेर वार्तामा आउन म पुनः अनुरोध गर्दछु ।’ यसैबीच प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारी सभा तथा थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिलाई पनि आज पुनः अर्को पत्र पठाएर वार्ताको लागि आग्रह गरेका छन् । पत्रमा सभा र संयुक्त सङ्घर्ष समितिले चार दलको उपस्थितिमा वार्ता होस् भनी राखेको मागलाई आफूले चार दलका शीर्ष नेताको सक्रिय सहभागिता र सहमतिमा नै छलफल र वार्ताको प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै भनेका छन् ‘वार्तालाई परिणाममुखी बनाउने कुरामा चार दल समान ढङ्गले चिन्तित र क्रियाशील छन् ।’ उनले वार्ताद्वारा स्थिति सामान्य भएसँगै शान्ति सुरक्षा कायम गर्न चालिएका प्रशासनिक र सुरक्षासम्बन्धी विषय सामान्य स्थितिमा फर्कने पनि विश्वास दिलाएका छन् ।


NEPAL NEWS Team
132 views

सम्बन्धित समाचारहरु