Saturday, December 2, 2023

घरेलु राजनितीमा नाता जोड्दै नेपाली


  • August 28, 2015


घरेलु राजनितीमा नाता जोड्दै नेपाली

सीड्नी । प्रवासमा नेपाली राजनितीले गाजेँको नेपाली समाज यतिखेर बिस्तारै घरेलु राजनितीमा आकर्षित हुन थालेको छ । संख्यात्मक हिसाबले ठ्याक्कै यकिन गर्न नसकिए पनि ६० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आएको अस्ट्रेलियामा ६० कै संख्यामा नेपाली संघ संस्था होलान । नेपालका हरेक राजनितीक पार्टीका भातृ संगठन र निकाय रहेको अस्ट्रेलियामा राजनितीक झण्डा बोकेर राजनिती गर्ने समुदाय बिस्तारै घरेलु राजनितीमा आकर्षित हुन थालेको छ । यसको पछिल्लो उदाहरण हो लिबरल फ्रेन्ड्स अफ नेपालको गठन र यसको क्रियासिलता ।

लेबर र लिबरल पार्टीको बाहुल्यता रहेको अस्ट्रेलियामा यतिखेर लिबरलले अन्य साना पार्टीको साझेदारीसहित सरकार चलाएको अवस्था छ । घरेलु राजनितीसँंग साइनो जोड्न नसकेको नेपाली समाजले लामो समयपछि आएर लिबरल फ्रेन्ड्स अफ नेपालको नाममा अहिले पार्टीको भगिनी संस्था खोलेर समुदायको आवाज सरकारसम्म पुर्याउने वाटो रोजेको हो ।

हामीले लामो समयदेखि बाक्लीदै गएको नेपाली समुदायको आवाज अस्ट्रेलियाको सरकारसम्म पुग्ने एउटा वाटो खोज्ने प्रयास गरेका थियौ ,यतिखेर आएर सफल भएको छ , लिबरल फ्रेन्ड्स अफ नेपालका संयोजक श्री नापीतले सेतोपाटीसँंग बताए । नापीतले भने नेपाली राजनितीमा जोडिएर हिडेका हामीले यहाँंको समस्या र समाधानको वाटो रोज्न घरेलु राजनितीको अंगको रुपमा यसलाई अगाडि बढाएका हौ ।

लिबरल फ्रेन्ड्स अफ नेपाललले बुधबार स्थानीय कोग्रा क्षेत्रका सांसद निकोलस भार्भारिस र अध्यागमन तथा सिमा सुरक्षा मन्त्री पीटर डटनसँंग नेपालीहरुको समसामयिक समस्याका बिषयमा छलफलको कार्यक्रम आयोजना गर्यो ।

सन १९६१मा पहिलो पटक दुइ नेपाली अस्ट्रेलिया आएको तथ्य र इतिहाँंस भएपनि हालसम्म यकिनका साथ कति नेपाली अस्ट्रेलियामा छन त्यो तथ्यांक न नेपाली राजदुतावासमा छ न त कुनै संघ संस्थासँंग । संघसंस्था खोल्ने होडबाजी र करेसामा पुत्ला जलाउन जान्ने नेपाली समुदायले आफ्नो संख्या यकिन गर्न नसक्नु हास्यासपद बिषय हो । त्यती मात्र होइन नेपाली राजदुतावाससँंग पनि नेपालीको बिषयमा कुनै यकिन तथ्यांक छैन । अध्यागमन बिभागले दिएको पछिल्लो अपडेटनै उनिहरुको देखाउने दात हो ।

कार्यक्रमा लिबरल फ्रेन्ड्स अफ नेपाल साउथ सीड्नी संयोजक विबेक थापाले यस बिषयमा जानकारी माग्दै नेपाली गैह् कानुनी रुपमा बस्ने नेपालीको संख्या समेत यकिन हुन नसकेकोमा मन्त्री पीटरसँंग प्रश्न तेर्साएका थिए ।

वेस्र्टन रिजनका संयोजक निरज श्रेष्ठले समसामयिक समस्यालाई स्थानिय राजनितीक पार्टीमा लैजाने र सरकारसम्म नेपाली समुदायको पहुँंचको लागि फ्रेन्ड्स अफ नेपाल क्रिकयासिल रहेको बताए । श्रेष्ठले भुकम्प पीडित नेपालीका लागि अस्ट्रेलियन सरकार र अध्यागमन नितीका बारेमा केहि लचिलो बन्न मन्त्री पीटरसँंग आग्रह गरेका थिए ।

लिबरलको राजनितीमा लागेको बिनोद पौडेल स्थानिय राजनिती र राज्यसँंगको पहुँंचका लागि यहाँंको राजनितीक पार्टीमा लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउछन । पौडेल भन्छन , नेपालको राजनितीले हामीलाई अस्ट्रेलियामा आइपर्ने समस्यामा फाइदा पुग्दैन । कार्यक्रममा नेपाली समुदायले भोग्नु परेका भिन्न समस्याका बिषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा अध्यागमन तथा सिमा सुरक्षा मन्त्री पीटर डटनले नेपाली समुदायको प्रभाव निकै राम्रो रहेको बताए । इमानदारीता , दक्ष जनशक्ती अनि आर्थिक बिकासमा पनि यो समुदायको राम्रो प्रभाव रहेको मन्त्री पीटरले सुनाए । नेपालीहरु बेरोजगार भत्ता खानुभन्दा काम गर्न रुचाउने तथ्यांकले पनि इमानदारीता प्रस्ट भएको पीटरले बताए । पीटरले भुकम्पले प्रभावित नेपालमा अस्ट्रेलियाकोतर्फवाट २८ मिलीयर डलर सहयोग गरेको बताए ।


NEPAL NEWS Team
142 views

सम्बन्धित समाचारहरु