Sunday, December 3, 2023

सीमा विवाद मिलाउन विकल्प खोज्दै दलहरू


  • August 19, 2015


सीमा विवाद मिलाउन विकल्प खोज्दै दलहरू

काठमाडौं । प्रमुख दलले प्रदेशको सीमा विवाद मिलाउन दुई विकल्पमा छलफल केन्द्रित गरेका छन् । सीमा विवाद मिलाउने जिम्मा संघीय आयोगलाई छाडेर अघि बढ्ने कि अहिले नै टुंगो लगाउने भन्नेमा उनीहरूबीच सहमति बनेको छैन । शीर्ष नेता रहेको विशेष समितिको मंगलबार दुईपटक बसेको बैठकले विवादित अन्य विवादित विषय टुंगो लगाएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको बैठकमा सीमा विवाद समाधान गर्न दलहरूले विभिन्न प्रस्ताव गरेका थिए । ‘अहिले प्रस्तावित ६ प्रदेश कायम राखेर सबै विवाद संघीय आयोगले टुंगो लगाउने गरी बाँकी राखेर जाऔँ भन्ने प्रस्ताव पनि आएको छ,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘आन्दोलनका भावना समेटेर अहिले नै सीमा विवाद समाधान गर्नुपर्छ भन्ने मत पनि आएको छ ।’ बैठकमा आएका विकल्प पक्ष–विपक्षमा नभएर सबैले छलफलका लागि अघि सारेको विकल्प भएको श्रेष्ठको भनाइ छ ।
थप छलफल गरी सीमा विवाद कसरी टुंग्याउने भन्ने निष्कर्षमा पुग्ने उनले जानकारी दिए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनताका माग सम्बोधन गर्ने भन्नेमा एकमत रहेको उल्लेख गर्दै बुधबारको बैठकले सबै टुंगो लगाउने बताए ।
‘सीमांकन विवादलगायत सबै विषय आज एकमुष्ठ रूपमा टुंगो लगाउने सहमति भएको छ,’ पौडेलले भने, ‘जनताका माग सम्बोधन गर्नुपर्छ भन्ने बिषयमा एक मत छ ।’ बिषेश समितिको बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष प्रचण्डले आन्दोलनका माग सम्बोधन गर्नुपर्छ भन्नेमा सकारात्मक छलफल भईरहेको जानकारी दिए । उनले भने, ‘यस अघि प्रस्तुत गरिएको संविधानको प्रस्तावित मस्यौदा परिमार्जन गरेर जनताका माग सम्बोधन गर्नुपर्छ भन्नेमा सकारात्मक छलफल भईरहेको छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।सीमा विवाद मिलाउन विकल्प खोज्दै दलहरू
काठमाडौं । प्रमुख दलले प्रदेशको सीमा विवाद मिलाउन दुई विकल्पमा छलफल केन्द्रित गरेका छन् । सीमा विवाद मिलाउने जिम्मा संघीय आयोगलाई छाडेर अघि बढ्ने कि अहिले नै टुंगो लगाउने भन्नेमा उनीहरूबीच सहमति बनेको छैन । शीर्ष नेता रहेको विशेष समितिको मंगलबार दुईपटक बसेको बैठकले विवादित अन्य विवादित विषय टुंगो लगाएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको बैठकमा सीमा विवाद समाधान गर्न दलहरूले विभिन्न प्रस्ताव गरेका थिए । ‘अहिले प्रस्तावित ६ प्रदेश कायम राखेर सबै विवाद संघीय आयोगले टुंगो लगाउने गरी बाँकी राखेर जाऔँ भन्ने प्रस्ताव पनि आएको छ,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘आन्दोलनका भावना समेटेर अहिले नै सीमा विवाद समाधान गर्नुपर्छ भन्ने मत पनि आएको छ ।’ बैठकमा आएका विकल्प पक्ष–विपक्षमा नभएर सबैले छलफलका लागि अघि सारेको विकल्प भएको श्रेष्ठको भनाइ छ ।
थप छलफल गरी सीमा विवाद कसरी टुंग्याउने भन्ने निष्कर्षमा पुग्ने उनले जानकारी दिए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनताका माग सम्बोधन गर्ने भन्नेमा एकमत रहेको उल्लेख गर्दै बुधबारको बैठकले सबै टुंगो लगाउने बताए ।‘सीमांकन विवादलगायत सबै विषय आज एकमुष्ठ रूपमा टुंगो लगाउने सहमति भएको छ,’ पौडेलले भने, ‘जनताका माग सम्बोधन गर्नुपर्छ भन्ने बिषयमा एक मत छ ।’ बिषेश समितिको बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष प्रचण्डले आन्दोलनका माग सम्बोधन गर्नुपर्छ भन्नेमा सकारात्मक छलफल भईरहेको जानकारी दिए । उनले भने, ‘यस अघि प्रस्तुत गरिएको संविधानको प्रस्तावित मस्यौदा परिमार्जन गरेर जनताका माग सम्बोधन गर्नुपर्छ भन्नेमा सकारात्मक छलफल भईरहेको छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
165 views

सम्बन्धित समाचारहरु