Saturday, December 2, 2023

सदभावना पार्टीले संविधानसभा छाड्यो, सामूहिक राजीनामाको घोषणा


  • August 18, 2015


सदभावना पार्टीले संविधानसभा छाड्यो, सामूहिक राजीनामाको घोषणा

काठमाडौं । राजेन्द्र महतो विगतको सहमति सम्झौता अनुसार संविधान नबन्ने भएकाले साक्षी किनारा बन्नका लागि मात्रै संविधानसभामा नबस्ने सदभावनाले जनाएको छ । मंगलबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सदभावना अध्यक्ष महतोले आफ्ना सबै नेता(कार्यकर्ताहरुलाई समेत काठमाडौं छाड्न निर्देशन दिए ।सदभावनाले काठमाडौंमा रहेको पार्टी कार्यालय मधेसमा जारी आन्दोलन सफल नभएसम्मका लागि बन्द गरेको र सम्पर्क कार्यालयमा परिणत गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महतोले मधेसमा केन्द्रीय कार्यालय खोल्ने बताए । संविधानसभामा सदभावनाका १ प्रत्यक्ष र ५ समानुपातिक सभासद थिए । प्रत्यक्ष निर्वाचित सन्जय यादव जनकपुर बमकाण्डमा दोषि ठहर भइ निलम्बित छन् । संविधानसभामा मधेसी मोर्चाका ३७ सभासद छन् । संविधानसभामा उक्त पार्टीबाट लक्ष्मण लाल कर्ण, सञ्जय साह, नरसिंह चौधरी, माधवी रानी साह, शैलदेवी महतो सभासद छन् । त्यसमध्ये एकजना सञ्जय साह निलम्बित छन् ।


NEPAL NEWS Team
149 views

सम्बन्धित समाचारहरु