पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु


  • August 16, 2015


पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

दैलेख । शनिबार राती पहिरोले घर पुरिँदा आमा छोरीसहित दैलेखमा तीन जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिएर नारायण नगरपालिका– ६ नमुना वस्तीका २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो । मृतक रुपाका श्रीमान् दीपकबहादुर घाइते भएका छन् । प्रहरी निरीक्षक पुष्कर बहादुर चन्दको नेतृत्वमा गएको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो ।

पहिरोले घर पुरिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । यसैबीच, मृतकका आफन्तजनलाई नेपाल महिला सङ्घ दैलेख जिल्ला अध्यक्ष सीता रानाले सहयोग स्वरुप रु १५ हजार प्रदान गरेका छन् ।


NEPAL NEWS Team
345 views

सम्बन्धित समाचारहरु