सक्रिय हुँदै सत्य निरूपण तथा मेलमिलाप आयोग


  • August 13, 2015


सक्रिय हुँदै सत्य निरूपण तथा मेलमिलाप आयोग

काठमाडौ । सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनामा प्रत्यक्ष जिम्मेवार सुरक्षाकर्मी र माओवादी लडाकु कमान्डरहरूको विवरण माग्ने तयारी गरेको छ । स्थापनाको ६ महिनापछि सक्रियता बढाएको आयोगले विवरण संकलनको काम अघि बढाउन लागेको हो ।
आयोगले द्वन्द्वकालका जघन्य अपराध तथा मानवअधिकार उल्लंघनका घटनाका सम्भावित आरोपीहरू सुरक्षाकर्मी र माओवादी पूर्वलडाकु हुनसक्ने निष्कर्ष निकाल्दै विवरण लिइने जनाएको छ । नाम संकलनपछि उजुरी आह्वान गरिने र त्यस आधारमा सम्बन्धित आरोपी सुरक्षाकर्मी तथा माओवादी लडाकुसँग बयान लिने तयारी आयोगले गरेको छ ।
आयोगका प्रवक्ता डा. माधवी भट्टले केही दिनमै सेना, सशस्त्र र नेपाल प्रहरी तथा पूर्वमाओवादी लडाकुहरूको विवरण माग्न लागिएको बताइन् । माओवादी सशस्त्र युद्ध सुरु भएदेखि विस्तृत शान्तिसम्झौतासम्मका घटनाको छानबिन गरिने उनले जानकारी दिइन् । ‘०५२ फागुन १ देखि ०६३ मंसिर ५ गतेसम्म द्वन्द्व भएका सबै ठाउँमा कार्यरत सुरक्षाकर्मीका माथिल्लादेखि तल्ला कमान्डर र माओवादी पूर्वलडाकुका पनि तलदेखि माथिसम्मका कमान्डरको विवरण माग्न लागेका छौँ,’ आयोग प्रवक्ता भट्टले भनिन्, ‘केही दिनमै हामी सम्बन्धित पक्षलाई पत्राचार गर्छौँ ।’


NEPAL NEWS Team
305 views

सम्बन्धित समाचारहरु