महोत्तरीमा बस दुर्घटना आठ मृत्यु, ४० घाइते


  • August 10, 2015


महोत्तरीमा बस दुर्घटना आठ मृत्यु, ४० घाइते

महोत्तरी । सिन्धुलीको लंगुर खोलबाट बर्दिबास आउँदै गरेको ज१ख ४४९ नम्बरको तीर्थयात्रु बोकेको बस बर्दिबासनगरपालिका–५ पाटूमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् ।
तीब्रगतिमा रहेको बस सन्तुलन गुमाएर सडकबाट खोल्सामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा ६ जनाको र २ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । मृत्यमध्ये ७ पुरूष र एक महिला रहेका छन् । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेको बर्दिबासस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा सबै यात्रु धनुषा र महोत्तरीका रहेको प्रहरीले अनुमान गरेको छ ।


NEPAL NEWS Team
257 views

सम्बन्धित समाचारहरु