Saturday, August 13, 2022

सिमाङकनको बिरोधमा सल्यान बिहानैदेखि बन्द


  • August 10, 2015


सिमाङकनको बिरोधमा सल्यान बिहानैदेखि बन्द

सल्यान । संघीय प्रदेश विभाजनका क्रममा राप्ती टुक्राइएको र सल्यानलाइ ६ नम्बर प्रदेशमा राखिएको विरोधमा सोमबार सल्यान बन्द गरिएको छ ।सल्यानलाई गरिएको अन्यायका विरुद्ध सल्यान रुकुम यातायात समिति, उद्योग वाणिज्य संघ, कपुरकोटमा गठन गरिएको संघर्ष समिति र एमाओवादी इलाका नम्बर ३ लगाएतका विभिन्न संघसंगठनहरुले विहान ५ बजेदेखि सल्यान बन्द गराएका छन् ।बन्दका कारण विहादैदेखि सडकमा कुनै पनि सवारीका साधन चल्न सकेका छैनन् भने जिल्लाका सम्पूर्ण शैक्षिक संस्था कलकारखाना पनि बन्द छन् ।
यसैविच विभिन्न युवा संगठनहरुले पनि सल्यानलाई सुदुरपश्चिममा राखिएको भन्दै सल्यान बन्द गरेका छन् । नेपाल तरुण दल, युवा संघ नेपाल र वाइसीएल नेपालले संयुक्त विज्ञप्ती नै निकालेर सल्यानलाइ संघीय प्रदेशमा सिमांकन गर्दा पहिचान, सामर्थ्य र प्रशासनीक, सामाजिक सुविधाको दृष्टीकोणले समेत प्रदेश नम्बर पाँच सान्दर्भीक हुँदाहुँदै ६ मा राखिएकोले ध्यानाकर्षण गराउँदै निर्णय खारेजीको माग गर्दै आज देखि अनिश्चीतकालिन बन्द गरिने जनाएका छन् ।


19 views

सम्बन्धित समाचारहरु