Saturday, April 13, 2024

पाल्पाको सिद्धबाबामा यात्रुबस पहिरोमा पुरियो


  • August 8, 2015


पाल्पाको सिद्धबाबामा यात्रुबस पहिरोमा पुरियो

पाल्पा । पाल्पातर्फबाट वुटवल जादै गरेको यात्रु बाहक बस सिद्दार्थ राजमार्गको सिद्दबाबा क्षेत्रमा पहिरोले बगाएको छ । पाल्पाबाट वुटवल जादै गरेको लु १ ख ५७७१ नम्बरको बस तिनाउ नदीमा खसेको प्रहरीले जनाएको छ ।

माथिबाट ढुंगा खसेर लाग्दा ढुंगा सहित बस तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक डाक्टरप्राद चौधरीले बताए । बसमा कति जना यात्रु थिए भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन । दोभानका स्थानीय विष्णु पाण्डेयले पहिरोले बस बगाएर खोलामा पुर्‍याएको र यात्रुहरु समेत रहेको बताएका छन् । बस पहिरोमा पुरिँदा दर्जनौ यात्रु हताहत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। अहिलेसम्म २ जनाको शव निकालेको प्रहरीले जनाएको छ। अरूको उद्धार भइहरेको छ। बसमा कम्तिमा ३० यात्रु रहेको अनुमान गरिएको छ।


NEPAL NEWS Team
223 views

सम्बन्धित समाचारहरु