राजेन्द्र क्षेत्री नेपाली सेनाका कामु प्रधानसेनापति


  • August 7, 2015


राजेन्द्र क्षेत्री नेपाली सेनाका कामु प्रधानसेनापति

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गरेको छ । शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापति बनाउन सिफारिस गरेको हो ।हालका प्रधानसेनापति गौरव शमसेर राणाको पदावधि आगामी भदौ २३ गते सकिँदै छ । एक महिना अघि नै विदा बस्ने प्रचलन अनुसार राणा विदा बसेपछि क्षेत्रीले कायम मुकायमको जिम्मेवारी सम्हाल्ने छन् । भदौ २३ गतेदेखि उनले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामवरण यादवले सरकारको सिफारिसमा कामु प्रधानसेनापति र प्रधानसेनापति नियुक्त गर्ने छन् ।


NEPAL NEWS Team
628 views

सम्बन्धित समाचारहरु