फेरि शीर्ष नेताहरुका बीच पाँच जिल्ला विवादमा


  • August 4, 2015


फेरि शीर्ष नेताहरुका बीच पाँच जिल्ला विवादमा

काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तरगतको शीर्ष नेता सम्मिलित विशेष समितिमा पूर्वका झापा, मोरङ र सुनसरी तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका कारणले पनि सीमांकन विवाद निकासमा पुग्न अप्ठ्यारो भइरहेको छ। फोरम लोकतान्त्रिकका देवले भने, ‘सीमांकन जसरी पनि टुंगोमा पुर्‍याउन पोलिटिकल र म्यापिङ दुवै रूपमा गृहकार्य भइरहेको छ।’ पाँच जिल्लाको गाँठो फुकाउन एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका तर्फबाट नेता रमेश लेखक, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, एमालेका उपाध्यक्ष भीमबहादुर रावलबीच पटकपटक गोप्य छलफल भइरहेको दाबी स्रोतले गर्‍यो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
298 views

सम्बन्धित समाचारहरु