Thursday, March 28, 2024

जनताका उपयुक्त सुझाव समेटिन्छ : संचारमन्त्री


  • August 1, 2015


जनताका उपयुक्त सुझाव समेटिन्छ : संचारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट आएका उपयुक्त सुझावलाई समेटेर नयाँ बन्ने संविधान परिमार्जन गर्न सकिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित प्रजातन्त्रका सेनानी स्व दयाशङ्कर पालिखेको स्मृतिमा परिवारद्वारा स्थापित दयाशङ्कर पालिखे पत्रकारिता पुरस्कार पत्रकार कुशुमकेशव पराजुलीलाई आज वितरण गर्दै उनले नताका सकारात्मक सुझाव संविधानमा समावेश गरिँदैन भन्ने कुरा सरासर गलत भएको बताए । उनले संविधान निर्माणको कामलाई १५ दिन ढिलो गरेर भए पनि असन्तुष्ट पार्टीहरुको सुझावलाई पनि समेटेर सीमाङ्कनसहितको संविधान जारी गर्दा उपयुक्त हुने विचार व्यक्त गरे । सञ्चारमन्त्री डा रिजालले न्यूनतम मापदण्ड पूरा गरेका टेलिभिजन, रेडियो र छापा माध्यमलाई मात्रै मिडिया मानिने बताउदै छापिने सबै चिज पत्रिका नहुने र अनलाइनमा देखिने सबै मिडिया नहुने स्पष्ट पारे । वाक तथा प्रकाशक, स्वतन्त्र अभिव्यक्ति र धार्मिक स्वतन्त्रतामा कसैसँग सम्झौता गर्न नसकिने विचार व्यक्त गर्दै उहाँले सरोकारवालाहरुसँगको सहयोग नपाउँदा आमसञ्चार नीति आउन नसकेको धारणा राखे । ३३ हजार ३३३ राशिको सो पुरस्कार प्राप्त गर्ने पत्रकार पराजुली १६औँ व्यक्ति हुन् । यसभन्दा अघि यस पुरस्कारबाट १५ जना स्रष्टा पुरस्कृत भइसकेका छन् । महासङ्घका सभापति रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासद् यज्ञबहादुर थापा, पुरस्कार छनोट समितिका संयोजक नारायण कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


NEPAL NEWS Team
222 views

सम्बन्धित समाचारहरु