गणेश थापामाथि हेटौंडामा खुकुरी प्रहार, कमल थापाका छोरा अभिषेक पनि घाइते


  • July 21, 2015


गणेश थापामाथि हेटौंडामा खुकुरी प्रहार, कमल थापाका छोरा अभिषेक पनि घाइते

काठमाडौं । राप्रपा नेपालका सभासद एंव अध्यक्ष कमल थापका भाई गणेश थापामाथि संविधानको मस्यौदा सुझावका क्रममा हेटौडामा खुकुरी प्रहार भएको छ । सुझाव संकलनका क्रममा विरोध गर्न त्यहाँ पुग्दा आफूमाथि युवाहरुको एक समूहले खुकरी र रड प्रहार गरेको थापाले जानकारी दिए । थापाको टाउकोमा चोट लागेको छ । सुझाव संकलनका क्रममा हिन्दु राष्ट्रको पक्षमा बोल्न लाग्दा उनीमाथि आक्रमण भएको राप्रपा नेपालले जनाएको छ ।

हिन्दु राष्ट्र कायम गर्ने सवालमा आफूले जस्तोसुकै परिणाम भोग्न तयार रहेको थापाले बताए । थापाको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । आफूमाथि नियोजित रुपमा नै आक्रमण भएको थापाले बताए । झडपमा कमल थापाका छोरा अभिषेक थापा पनि घाइते भएका छन् । कांग्रेस, एमाले र एकीकृत माओवादीका कार्यकर्ताहरुले आफूलाई आक्रमण गरेको अभिषेकले बताएका छन् । मकवानपुर प्रहरीले भने थापामाथि खुकरी प्रहार भएको बारे थाहा नभएको बताएको छ । मकवानपुर एसपी प्रकाशजंग कार्कीले सुझाव संकलनका क्रममा कमल थापा र गणेश थापा लगायतका आएर अवरोध गरेका कारण झडप भएको बताए । अन्य दलका कार्यकर्ता र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । हिजो मकवानपुरकै हटियामा भएको सुझाव संकलन कार्यक्रममा झडप हुदाँ अध्यक्ष कमल थापाकी पत्नी प्रलिता घाइते भएकी थिइन् । अखिल नेपाल फुटवल संघका अध्यक्ष समेत रहेका थापा कमल थापाका भाइ हुन् ।


NEPAL NEWS Team
206 views

सम्बन्धित समाचारहरु