पुर्व प्रधानमन्त्री माधव नेपालमाथि रौतहटमा कुर्सी प्रहार


  • July 20, 2015


पुर्व प्रधानमन्त्री  माधव नेपालमाथि रौतहटमा कुर्सी प्रहार

काठमाडौं । संविधानको पहिलो मस्यौदामाथि जनताको राय सुझाव संकलनका लागि गृह जिल्ला रौतहट पुगेको एमाले बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि मधेशी दलका सर्मथकहरुले कुर्सी प्रहार गरेका छन् । नेता नेपालमाथि रौतहटको क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला संघीय सद्भाएवना पार्टीका समर्थकहरुले कुर्सी प्रहार गरेका हुन् ।
संविधानको पहिलो मस्यौदा मधेश बिरोधी भएको भन्दै केहि मधेशी दलहरुले राय सुझाव संकलन कार्यको विरोध गर्दै आएका छन् । राप्रपा नेपालले पनि मस्यौदामाथि राय सुझाव संकलन कार्यको बिरोध गर्दै आएको छ । मधेशी दलहरुले मस्यौदामाथि सुझाव संकलन कार्यलाई अवरोध गर्ने तयारी गरेपछि मधेशका जिल्लाहरुमा सुझाव संकलनका लागि सुरक्षा व्यावस्था कडा बनाइएको छ ।


NEPAL NEWS Team
275 views

सम्बन्धित समाचारहरु