आइसीसीमा बालचन्द्रको बलियो दाबेदारी


  • July 1, 2015


आइसीसीमा बालचन्द्रको बलियो दाबेदारी

सिडनी । शनिवार एनआरएन अष्ट्रेलियाको निर्वाचन हुँदैछ । एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकैदै गर्दा उमेदबारहरु आफ्नो पहिचान र नारा समेत सामािजक संजालमा छाउन थालेका छन । मािथका नारा हुन,यस पटक आइसीसी सदस्यका उमेदवार बाल चन्द्र भट्टराइको ।
युवा हो शक्ती ,युवा हो आधार
एनआरएनमा चाहिन्छ जोशिलो जेहन्दार
स्वदेशको घाउँंमा मलम लगाउने्
प्रवासको पीडामा कदम चलाउने
एनआरएनमा हामी हजुरकै माझ ।
बिश्वाश छ ,हामीलाई सबैको साथ
बनाउने छौ यसलाई सबैको घर
हामी परेका छौ हजुरकै भर
एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकैदै गर्दा उमेदबारहरु आफ्नो पहिचान र नारा समेत सामािजक संजालमा छाउन थालेका छन । मािथका नारा हुन,यस पटक आइसीसी सदस्यका उमेदवार बाल चन्द्र भट्टराइको । करिब दुइ दशक अगाडि उच्च अध्यनको सिलसिलामा अस्ट्रेलिया आइपुगेका बालचन्द्र भट्टराइ यतिखेर आफ्नो लामो प्रवासी अनुभवलाई एनआरएनमा बाड्न चाहन्छन । एनआरएन एउटा मुभमेन्ट हो यसको प्रवाहलाई आत्मसात गरी बिदेशमा रहेका नेपालीको हक हित र स्वदेशको संभावना खोज्ने अभियानमा सामेल हुने निर्णय गरेको हुँं ,बालचन्द्रले यस पटकको उमेदबारीलाई यसरी परिभाषित गरे ।
बिध्यार्थी जिवनदेखिनै राजनितीक प्रवाह र आरोहमा सामेल भएका बालचन्द्र अस्कल म्याम्पसमा आइएस्सीदेखिनै जुझारु प्रवृतीका थिए । प्रजातान्त्रिक परिवेशको पहेरेदारका रुपमा आफुलाई उभ्याउने बालचन्द्रले त्यहा स्वतन्त्र बिध्यार्थीको युनियनको राजनितीमा समेत आफुलाई समाहित गरेका थिए ।
अस्कलवाट बीएसस्सी सकेर उच्च अध्यनका लागि अस्ट्रेलिया हुइकिएका बालचन्द्र २० बर्षको प्रवासी अनुभवसँंगै सिडनीको ब्यस्त शहरमा पनि छोटकरी नाम अर्थात बीसीवाट प्रख्यात भए ।
चितवनको लंकु स्थायी बसोबास भएका बालचन्द्र यतिखेर पेशाले शैक्षिक परामर्शदाता हुन । सीकीयुवाट आइटीमा ब्याचलर सकेका बालचन्द्रले एनआरएन मुभमेन्टलाई नजिकवाटै केलाइसकेका छन । एनआरएन अस्ट्रेलियाको कार्यसमितीमा रही अनुभव साटीसकेका बालचन्द्रले नेपाल अस्ट्रेलिया डेमोक्र्याटिक फोरमको महासचिव र अध्यक्षको संस्थागत अनुभव समेत बटुलिसकेका छन । यस पटकको एनआरएनएको आगामी जुलाई ४मा हुने निर्वाचनमा आइसीसी सदस्यको उनको उमेदबारी अनुभव र अध्यनका हिसाबले पनि महत्वपुर्ण मानिदै आएको छ ।
एनआरएन भनेको प्रवासीहरुको साझा संस्था भएकोले यसको पहिलो उद्देस्य भनेको प्रवासीको हक र हितका लागि हुनुपर्दछ,बालचन्द्रले आफ्नो एजेन्डा यसरी सुनाए । बिदेशमा सिकेको शिप र ज्ञानलाई बढि से बढी स्वदेशको हितमा प्रयोग गर्ने बाताबरण बनाउनु दोस्रो उद्देस्य बनाउनुपर्छ ,उनले सुनाए ।
नया पीढीलाई स्वदेशको मुल प्रवाहमा सामेल गर्ने अभियान एनआरएनले चलाउन सकेमात्र यसले सार्थकता प्राप्त गर्ने बताउदै बालचन्द्र भन्छन,यसका लागि नेपाल सरकारसँंग समन्वय गरेर यहा हुर्के बढेका नया पीढीँलाई मुलुकसँंग जोड्ने बाताबरण हामीले बनाउन सक्नुपर्छ । सिड्नीको ग्रानभिलमा पत्नी सीता सुबेदी र दुइ छोरी शिला र सिवानीका साथ बसोबास गर्दै आएका बालचन्द्र आफुलाई खुलेआम डेमोक्र्याटका रुपमा चिनाउन चाहन्छन । उनि भन्छन आस्था र पहिचान बिनाको मािनश हुदैन तर त्यसलाई सहि स्थानमा प्रयोग गर्न सक्नुपर्छ । पेशामा इमानदार र आस्थामा दृढ मानिशले मात्र जिवनमा सफलता पाउँंछ, बालचन्द्रको अडान छ । उनि भन्छन, लुकेर राजनिती गर्ने र बाहीर राजनिती गर्नु हुन्न भन्दै हिडने ढोंगीहरु ह्ुन । एनआरएन सबैको साझा संस्था हो त्यहा पुगेपछि पार्टीगत राजनितीक आधारमा बिभेद गर्न पाइन्न । सबैलाई सम्मान र हाम्रा भन्दा राम्रालाई कदर गर्न जान्यो भने एनआरएन अभियान सफल हुनेछ ।


NEPAL NEWS Team
228 views

सम्बन्धित समाचारहरु