कृषिमन्त्री पराजुलीले गरेको अश्लिल हर्कतको संसदमा विरोध, कारवाही गर्न माग


  • July 1, 2015


कृषिमन्त्री पराजुलीले गरेको अश्लिल हर्कतको संसदमा विरोध, कारवाही गर्न माग

काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मंगलबार मुलपानीमा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै बुधबार व्यवस्थापिका संसदको बैठकमा कुरा उठेको छ । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मंगलबार मुलपानीमा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै सभासदहरुले कारबाहीको माग गरेका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीसहितका दलका सभासदहरुले मन्त्रीको हर्कतको आलोचना गरेका हुन् । बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै एमाओवादी सभासद जनार्दन शर्मा ‘प्रभाकर’ ले कृषिमन्त्रीले सार्वजनिकस्थलमा गरेको व्यवहारले सबै नेपालीको शीर निहुरिएको बताए ।
उनले यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । ‘कृषिमन्त्रीले महाजात्रा गर्नुभयो, ठूलो पदमा बस्दैमा सार्वजनिक स्थलमा अभद्र ब्यवहार प्रस्तुत गर्नु निन्दनीय र गम्भीर आपत्तीजनक छ’ एमाओवादी सभासद शर्माले सरकारसँग प्रश्न गरे–‘के ठूलो पदमा बस्दैमा मर्यादा मिच्न पाइन्छ ?’
बैठकमा नेपाल मजदुर किसान पार्टीका सभासद अनुराधा थापाले मन्त्री पराजुलीलाई कारबाही गर्न माग गरिन् ।
धान दिवसको अबसरमा कृषि विभागले काठमाडौं मुलपानीमा गरेको रोपाइँ कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका थिए ।


NEPAL NEWS Team
186 views

सम्बन्धित समाचारहरु