संविधानको पहिलो मस्यौदा मधेशी दलहरुले संविधानसभामा नै च्याते


  • June 30, 2015


संविधानको पहिलो मस्यौदा मधेशी दलहरुले संविधानसभामा नै च्याते

काठमाडौ । मुख्य राजनीतिक दलहरुले गरेको १६ बुँदे सहमति प्रति असंतुष्ट मधेशी दलहरु संविधानसभाको पहिलो मस्यौदा संविधानसभा भित्रै च्यातेका छन् । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा पेश गरे लगतै असंतुष्ट मधेशी दलहरुले मस्यौदा च्यातेर संविधानसभामा नारावाजी गरेका हुन् । असंतुष्ट सभासदहरुले नारावाजी गरिरहेका बेलामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिहिवार ११ वजेसम्मका लागि संविधानसभाको बैठक स्थागित गरेका छन् यसैबीच नेपाली कांग्रेसका सभासद प्रदिप गिरीले संविधानसभा बैठक बहिस्कार गरेका छन्। संविधान सभाको बैठकका बोल्न खोज्दा सभामुखले समय नदिएपछि उनी बैठक बहिष्कार गर्दै सभाहलबाट बाहिर निस्किएका छन्। संविधानसभा बैठकमा संविधानको एकीकृत मस्यौदा पेश गर्ने तयारी भइरहेका बेला गिरी बैठकबाट बाहिरिएका हुन्। बहुमतका नाममा गलत प्रक्रिया सुरु भयो भन्दै गिरी बैठकबाट बाहिरिएका हुन् ।


NEPAL NEWS Team
295 views

सम्बन्धित समाचारहरु