कल्याण श्रेष्ठको सुनुवाइ मङ्गलबार हुने


  • June 28, 2015


कल्याण श्रेष्ठको सुनुवाइ मङ्गलबार हुने

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कल्याण श्रेष्ठको सुनुवाइ आगामी मङ्गलबार गर्ने भएको छ । समितिको आज बसेको बैठकमा समितिका सभापति कुलबहादुर गुरुङले सोमबार आवश्यक प्रक्रियाको तयारी गरेर उजुरीकर्ताहरुलाई बोलाउने र मङ्गलबार बिहान प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई बोलाउने बताए । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई गत जेठ २६ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीश रामकुमारप्रसाद साह असार २३ गते सेवानिवृत्त हुनेछन् ।


NEPAL NEWS Team
209 views

सम्बन्धित समाचारहरु