तीन पार्टी एकीकरणपछि पाँचौं दल बन्यो संघीय समाजवादी फोरम


  • June 16, 2015


तीन पार्टी एकीकरणपछि पाँचौं दल बन्यो संघीय समाजवादी फोरम

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल,अशोक राई नेतृत्वको संघीय समाजवादी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टी बीचको एकीकरण भएको छ। एकतापछि पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिएको छ। राजधानीको सोह्रखुट्टेस्थित नेवा ब्यांङ्क्वेटमा भएको घोषणा कार्यक्रमपछि उपेन्द्र यादव अध्यक्ष र अशोक राई पार्टीका वरिष्ठ नेता एवं संसदीय दलको प्रमुख बनेका छन्।
राजेन्द्र श्रेष्ठलाई सहअध्यक्ष तोकिएको नयाँ पार्टीमा पाँच उपाध्यक्ष रहेका छन् । फोरम नेपालका लालबहादुर राउत र रेणुकुमारी यादव, संघीय समाजवादीका रकम चेम्जोङ र हेमराज राई तथा खस समावेशी पार्टीका युवराज कार्कीलाई उपाध्यक्ष बनाइएको छ। फोरम नेपालका रामेश्वर राय यादव र संघीय समाजवादीका रणध्वज कन्दङ्वाले महासचिव, फोरम नेपालका अभिषेकप्रताप शाह र संघीय समाजवादीका दानबहादुर बिकले उपमहासचिव तथा फोरम नेपालका विजय यादवले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।
१५ जना पदाधिकारीमा फोरम नेपालका रत्नेश्वर लाल कायस्थ र खस समावेशी पार्टीका परशुराम बस्नेत सचिव चुनिएका छन्। एकतापछि संविधानसभामा प्रतिनिधित्व गर्ने पाँचौ ठूलो पार्टी बनेको छ। राप्रपा नेपालपछि पाँचौं शक्ति रहेको फोरम लोकतान्त्रिक भन्दा संघीय समाजवादी फोरम नेपालको एक सिट बढी भएको छ। संबिधानसभाको चौथो दल राप्रपा नेपालको २५ सिट छ । फोरम लोकतान्त्रिकको १४ सिट छ ।
संबिधानसभामा फोरम नेपालको १० र संघीय समाजवादीको ५ सिट थियो। खस समावेशी पार्टीको संबिधानसभामा प्रतिनिधित्व छैन ।


NEPAL NEWS Team
222 views

सम्बन्धित समाचारहरु