मन्त्रीपरिषदको निर्णय : शेष घले सद्भावना दूतमा नियुक्त


  • June 14, 2015


मन्त्रीपरिषदको निर्णय : शेष घले सद्भावना दूतमा नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्ले एनआरएनका अध्यक्ष शेष घलेलाई सद्भावना दूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय पुनर्निर्माण कोषमा रकम जुटाउन एनआरएन अध्यक्ष घलेलाई सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो । देशको पुनर्निर्माणका लागि ठूलो रकमको जरुरत रहेकाले सरकारले घलेलाई यो जिम्मेवारी दिएको हो । भूकम्प पीडितको राहतका लागि यसअघि एनआरएन अध्यक्ष घले एक्लैले दुई करोड रुपैँया सहयोग गरेका थिए । एनआरएनकै नेतृत्वमा नेपालमा आठ हजार घर निर्माण हुँदैछ ।
बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरलाई आगामी एकबर्षका लागि भूकम्पबाट संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद बैठकले कायम मुकायम महालेखा नियन्त्रकमा राजेन्द्र नेपाल र नेपाल ट्रष्टको कार्यालयको कायम मुकायम सचिवमा केदारबहादुर अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै रक्षा मन्त्रालयअन्तर्गत केही सहायक रथी र महासेनानीहरुको पदावधि थप्ने निर्णय गरेको छ ।


NEPAL NEWS Team
281 views

सम्बन्धित समाचारहरु