निजी विद्यालयविरुद्ध आजबाट विद्यार्थी आन्दोलन


  • June 13, 2015


निजी विद्यालयविरुद्ध आजबाट विद्यार्थी आन्दोलन

काठमाडौ । विद्यार्थी संगठनहरूले निजी विद्यालयहरूले मासिक शुल्क बाहेक अन्य शिर्षकमा गरिएको शुल्क मिनाहको विरोध जनाएका छन् । उनीहरूले शुल्क मिनाहको नाममा अभिभावकको आँखामा छारो हान्ने काम गरिएको भन्दै आन्दोलनको तयारी समेत गरेका छन् । बुधबार नै आन्दोलनको तयारीमा रहेका विद्यार्थी संगठन शिक्षामन्त्री चित्रालेखा यादवले माग सम्बोधन गर्ने भनेपछि रोकिएका थिए । भूकम्पको वेला पढाई नभएको एक महिनाको शुल्क मिनाह गर्नुपर्ने माग विद्यार्थीले गदै आएका छन् । उनीहरूले शनिवार शुल्क मिनाहको माग गदै आन्दोलनका घोषणा कार्यक्रम गर्ने भएका छन् । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले आफूहरूको मागप्रति कुनै सुनवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको जानकारी गराए । ‘हाम्रो माग न सरकारले सम्बोधन गर्‍यो न निजी विद्यालयहरूले नै’ उनले भने, ‘त्यसैले सम्पूर्ण शैक्षिक संस्थाको एक महिनाको मासिक शुल्क मिनाहको माग गदै आन्दोलन गर्न बाध्य भयौ ।’

विहिवार प्याव्सन र एनप्याब्सनले सयुक्त रुपमा एक महिनाको यातायात, प्रयोगशाला, खाजाखर्च जस्ता शिर्षकको शुल्क मिनाह गर्ने विज्ञप्तिमार्फत जनाएका थिए ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले लटरपटर खालको विज्ञप्ति निकालेर अन्य शिर्षकमा गरिएको शुल्क मिनाह आफूलाई मान्य नभएको बताए । उनले आफ्नो माग सम्पूर्ण शैक्षिक संस्थाले एक महिनाको शुल्क मिनाह गर्नु भनेता पनि दुई संस्थाहरूले गरेको त्यसमा पनि मासिक शुल्क नगरेकोमा आपत्ति जनाए । संगठनहरूले शनिवार पत्रकारसम्मेलन मार्फत एक हप्ता दवावमूलक आन्दोलन घोषणा गर्ने छन् । मल्लले अहिल्यै शैक्षिक हडतालसम्मको आन्दोलन घोषणा नगर्ने जानकारी गराउदै विद्यालय संचालकलाई लक्षित गरी आन्दोलन हुने बताए ।


NEPAL NEWS Team
380 views

सम्बन्धित समाचारहरु