Saturday, July 13, 2024

संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि आजबाट छलफल


  • June 12, 2015


संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि आजबाट छलफल

काठमाडौँ । संविधानसभामा आजबाट सवैधानिक– राजनीतिक सम्वाद तथा सहमति समितिले पठाएको संविधानका विवादित विषयमा अत्याधिक सहमतिसहितको प्रतिवेदनमा छलफल सुरु हुँदैछ । संविधानसभाको हिजोको बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले उक्त प्रतिवेदन पेस गरेका थिए ।
बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

संविधान लेखनलाई द्रुतगतिमा अघि बढाउन प्रमुख राजनीतिक दलहरुबीच राज्यपुनःसंरचना, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीलगायत विवादित विषयमा यही जेठ २५ गते सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको हो ।
बैठकलाई सम्बोधन गर्दै सभापति भट्टराईले संविधानसभामार्फत संविधान प्राप्त गर्ने जनताको चाहना बल्ल पुरा भएको बताए । उनले भने–‘ अब संविधान जारी हुने बाटो खुला भयो, यसले देशलाई स्थायित्व प्रदान गर्दै आर्थिक समृद्धिको बाटो खुला गरेको छ । ’
दलहरुबीच भएको सहमति सम्झौताका रुपमा आएको चर्चा गर्दै उहाँले त्यसबाट दलहरुलाई केही गुमेजस्तो र केही पाएजस्तो लाग्नु स्वाभाविक भएको बताए । ‘यो सहमतिबाट म व्यक्तिगत रुपमा सन्तुष्टि छैन तर बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा सन्तुष्टि लिनै पर्छ’ उनले भने । सभापति भट्टराईले देशले अहिले राष्ट्रिय एकता खोजेको छ , संविधान निर्माणका लागि समितिमा भएको सहमतिले यही कुरालाई सङ्केत गरेको बताए । संविधानसभाको बैठक आज अपराह्न ३ बजे बस्नेछ ।


NEPAL NEWS Team
296 views

सम्बन्धित समाचारहरु