Wednesday, June 12, 2024

ताप्लेजुङको पहिरोमा १२ जनाको मृत्यु, दर्जनौं घर बगे


  • June 11, 2015


ताप्लेजुङको पहिरोमा १२ जनाको मृत्यु, दर्जनौं घर बगे

ताप्लेजुङ । गएरातीदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ गाविसमा गएको पहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगाएको छ । अहिले सम्म ८ जना गम्भीर घाइते भएका छन् ।
स्थानिय पत्रकार धर्म पौडेलका अनुसार थिम्लाबु गाविसको याकफेदीमा पाँच जनाको शव भेटिएको छ । सो ठाउँमा भेटिएको शव कसको हो भन्ने पुष्टि भएको छैन । पहिरोले खोप्लिन गाविसको वडा ७ धुसेनीमा एक घर बगाउँदा २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ११ वर्षीय सविन मादेन र ८ वर्षीय वसन्त बिक छन् । त्यसैगरी लिङ्तेक गाविसमा १ जनाको मृत्यु भएको छ । सो गाविसका आइतबादुर लिम्बुकी छोरी चमेली भनिनेको मृत्यु भएको छ । सान्थाक्रा गाविस ३ मा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरबहादुर लिबाङ र उनका नाम नखुलेका नाति छन् । यसैगरी लिन्तेन गाविसमा वडा नम्बर ३ बस्ने ३१ वर्षीय मनमाया लिम्बूको मृत्यु भएको छ ।
पहिरोले दर्जनौं घर बगाएकाले हाताहती हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेलाई खोलाखोल्सी बढेको र पहिरो झर्ने क्रम जारी रहेकोले थप उपचारका लागि सदरमुकाम ल्याउन सकिएको छैन । हेलिकोप्टर ल्याउने प्रयास भइरहेको निमित्त प्रमुख जिल्ला अधकिारी सुरेन्द्र भट्टाराईले जानकारी दिए । डिएसपी शान्तिराज कोइरालाका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि पहिरोले गर्दा बाटोमै छ ।


NEPAL NEWS Team
224 views

सम्बन्धित समाचारहरु