१६ बूँंदे सहमतिपछि मधेशी दल तिन ध्रुवमा


  • June 10, 2015


१६ बूँंदे सहमतिपछि मधेशी दल तिन ध्रुवमा

काठमाडौं । प्रमुख चार दलवीच सोमवार राती भएको १६ बुँंदे सहमति भएपछि मधेशी दलहरु तीन ध्रुवमा बाँडिएका छन् । मधेशी दल मध्येको सबैभन्दा ठूलो दल फोरम लोकतान्त्रिक चार दलको एउटा पक्षको रुपमा १६ बुँंदे सहमतिको संवाहक बनेको छ । सो दलले यो सहमतिलाई राष्ट्रिय अपरिहार्य कदमका रुपमा लिएको छ । सहमति निर्माणमै फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारको महत्वपूर्ण भूमिका निर्वाह गरे । अन्य मधेशी तीन प्रमुख दलहरु उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल,महन्त ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले १६ बुँंदेको सशक्त विरोध उभिएका छन् । उनीहरु ३० दलीय मोर्चाबाट मात्र होइन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट समेत आफूहरुलाई अलग पारेका छन् । मोर्चामा रहेका सात दलमध्ये यी तिन दलले अब भिन्नै मोर्चाबन्दीको तयारी थालेका छन् । तमलोपाका अध्यक्ष महन्त ठाकुरले १६ बुँंदेका विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइसकेको छन् ।
यसैगरि मधेशी मोर्चा आवद्ध फोरम गणतान्त्रिक,तराई मधेश सद्भावना पार्टी,राष्ट्रिय मधेश समाजवादी पार्टीले १६ बुँंदेको स्वागत पनि गरेका छैनन,विरोध पनि गरेका छैनन । उनीहरु चार दलको भूमिका हेरेर आफ्नो रणनीति तय गर्ने पक्षमा छन् । उनीहरु १६ बुँंदे सहमति गर्दा बालुवाटार नगए पनि यसको पक्षमा उभिने संकेत दिएको बताइएको छ । आगामी दिनमा आफूहरुको अस्तित्व देखिने गरी चार दलले स्थान दिए,संविधान निर्माणमा भएको १६ बुँंदे सहमति कार्यान्वयनको पक्षमा उभिने बचन दिएको कांग्रेसका एक नेताले बताए ।


NEPAL NEWS Team
207 views

सम्बन्धित समाचारहरु