Wednesday, June 12, 2024

एमालेको स्वार्थमा बामदेबले गरे ३० सीडीओको सरुवा


  • June 10, 2015


एमालेको स्वार्थमा बामदेबले गरे ३० सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ५३ उच्च अधिकारीसहित ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृह मन्त्री वामदेव गौतमले आफ्नो पार्टी एमाले निकट रहेका उच्च अधिकारीलाई महत्वपूर्ण जिल्लामा सीडीओको जिम्मेवारी दिएका छन् । गौतमले आफ्नो पार्टीको स्वार्थअनुसार काम नगरेका सीडीओहरूलाई भने मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालयमा थन्क्याएका छन् । गौतमले आफ्नो पार्टीको सिफारिसमा सीडीओ हेरफेर गरेको स्रोतले उल्लेख गरेको छ । गृह मन्त्रालयअनुसार सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भीमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ ।

गृहले प्रेम लुइाटेललाई डडेलधुरा, मित्रलाल शर्मालाई रोल्पा, पुरुषोत्तम घिमिरेलाई पाँचथर, सुरेन्द्रराज पौडेललाई भोजपुर, सागरमणि पाठकलाई म्याग्दी र लीलाधर अधिकारीलाई बैतडीको सिडिओ बनाएको छ । गृहले मुरारी वस्तीलाई तेहथुम, जनार्दन गौतमलाई जाजरकोट, दीपकराज नेपाललाई सिन्धुली, जीवनप्रसाद दुलाललाई डोल्पा, देवेन्द्र लामिछानेलाई दोलखा, यामप्रसाद सुवेदीलाई अछाम, उमेशप्रसाद ढकाललाई नुवाकोट, शिवराम गेलाललाई रसुवा र सुरेन्द्र पौडेललाई अर्धाखाचीको सीडीओमा सरुवा गरेको हो । यसैगरी गृहले मानबहादुर बिकलाई सिराहा, कालीप्रसाद पराजुलीलाई धनुषा, विष्णुप्रसाद ढकाललाई रुपन्देही, विनोदप्रसाद सिंहलाई चितवन, अब्दुल कलाम खाँलाई कपिलबस्तु, राजकुमार श्रेष्ठलाई कैलालीको सिडिओमा सरुवा गरेको छ । सहसचिवहरू तोयम रायलाई भक्तपुर, मेघनाथ काफलेलाई सर्लाही र महादेव पन्थलाई तनहुाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।


NEPAL NEWS Team
223 views

सम्बन्धित समाचारहरु