Saturday, August 13, 2022

२७ न्यायाधीशको कार्यकाल भोलिदेखि समाप्त, तत्काल निर्णय गर्न बारको माग


  • June 8, 2015


२७ न्यायाधीशको कार्यकाल भोलिदेखि समाप्त, तत्काल निर्णय गर्न बारको माग

काठमाडौं । पुनरावेदन अदालतका २७ जना अतिरिक्त न्यायाधीशको कार्यकाल मंगलवारदेखि एकैसाथ समाप्त हुने भएको छ । तर पुनरावेदनका ठुलो संख्यामा न्यायधीशले एकै पटक अवकाश पाउदा समेत न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्याधीश रामकुमार प्रसाद साहले कार्यकाल थप्न भने चासो दिएका छैनन् । यसैबीच न्यायाधीशहरुको कार्यकाल समाप्त भइ न्याय सम्पादनमा असर पर्ने भन्दै नेपाल बार एशोसियशनले तत्काल न्यायपरिषदको बैठक बसी तत्कालै आवश्यक निर्णय गर्न आग्रह गरेको छ ।
बारले दुई वर्ष निरन्तर न्याय सम्पादनमा लागेका न्यायाधीशहरुको न्यायपरिषदको अनिर्णयको कारण बिना कुनै मूल्यांकन बर्हिगमन हुन गएमा नेपालको न्यायपालिकामा दूरगामी असर पर्ने पनि बारको ठहर छ ।
विगतमा न्यायपरिषदले न्यायाधीश नियुक्तिमा गरेको अभ्यासको पुनरावृत्ति नगर्न बार एशोसियशनका महासचिव सुनिलकुमार पोखरेलद्वारा सोमवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पुनरावेदन अदालतमा ०७० जेठ २७ मा नियुक्त भएका अतिरिक्त न्यायाधीशको पदावधि सकिएर पुनः एक वर्षका लागि थप नियुक्त गरिएको थियो । पुनरावेदनका ति २७ अतिरिक्त न्यायाधीशको कार्यालय मंगलवार सकिँदै छ । सर्बोच्च अदालतको न्यायाधीशका लागि सहमति नजुटिरहेकाबेला उनी न्यायपरिषदको बैठक डाकेर यी न्यायाधीशको जागिर जोगाइदिने पक्षमा उदासिन देखिएका छन् । बैठकका लागि ४८ घण्टा अघि नै परिषद पदाधिकारीहरुलाई सूचना दिनुपर्ने प्रावधान छ ।


27 views

सम्बन्धित समाचारहरु