Saturday, June 15, 2024

अष्ट्रेलियामा रहेका नेपाली बिज्ञले २ महिना सरकारसँग मिलेर काम गर्ने


  • June 6, 2015


अष्ट्रेलियामा रहेका नेपाली बिज्ञले २ महिना सरकारसँग मिलेर काम गर्ने

सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली मुलका विज्ञहरुले अबको दुई महिनाभित्रमा सरकारसँग सहकार्य गरेर भुकम्पपछिको पुनर्निर्माणको कार्यमा लाग्ने निर्णय गरेका छन् । अष्ट्रेलियाको क्यानबेरामा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका नेपाली मुलका विज्ञहरुले नेपाल सरकारसँग हरेक तहमा मिलेर पुननिर्माणको कार्यमा निष्कर्ष निकालेका हुन् । महाभूकम्पको क्षतिपछि आवश्यक हुने नयाँ पुर्वाधार निर्माणको डिजाइन, प्रकोप पछिको स्वास्थ्य चुनौती, कम मूल्यको हाउजिङ योजना, वातावरण मैत्री वैकल्पिक ऊर्जा निर्माण, प्रकोप व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने बिज्ञहरुको भनाई छ । अष्ट्रेलियामा रहेर विभिन्न तहमा काम गरिरहेका विज्ञहरुले वर्तमान देशको अवस्थामा आफूहरुले जानेको ज्ञान र सीपको सदुपयोग गरेर नयाँ नेपाल निर्माणमा लाग्नुपर्ने दायित्व आफ्नो समेत भएकाले नेपाल सरकारसँग मिलेर काम गर्ने निष्कर्षमा पुगेका हुन् । यदी दुई महिनाभित्रमा सरकारले कुनै प्रतिक्रिया नदिएमा आफ्नो तह, ज्ञान र सीपको माध्यमबाट नेपालका बिभिन्न प्रभावित क्षेत्रमा गएर स्वयंसेवकका रुपमा काम सुरु गर्ने निष्कर्षमा पुगेको बताइएको छ । ‘ झण्डै डेढ महिनाभित्रमा हामीले सरकारबाट केही प्रतिक्रिया पाउने आशा गरेका छौं,’ कार्यक्रमको संयोजन गरिरहेका डा. रमेश पौडेलले भने– ‘यदि प्रतिक्रिया आएन भने हामी आफ्नो तवरबाट भएपनि देशको पुननिर्माणमा लाग्नेछौं ।’ महाभूकम्पपछि ध्वस्त भएका संरचनाहरुको पुननिर्माण र त्यसले पारेको अन्य प्रभावहरुलाई अध्ययन गरेर आफ्नो तवरबाट के गर्न सकिन्छ भनेर विभिन्न विज्ञहरुले क्यानबेरामा छलफल गरेका हुन् । एनआरएन क्यानबेराले जुटाइदिएको उक्त अवसरमा भुगर्भविद, चिकित्सक, मनोचिकित्सक, विपद ब्यवस्थापन विज्ञ, अर्थशास्त्री, प्रकोप व्यवस्थापनमा काम गरिसकेका इन्जिनियरहरु, वैज्ञानिक, प्रकोप संचार लगायतका काम गरिसकेका बिज्ञहरु सहभागी थिए । छलफलमा भूकम्पपछिको वर्तमान अवस्थाबारे विज्ञहरुले कार्यपत्रहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमबाटै एनआरएन अन्तरगत विश्वभरि रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका बिज्ञहरुको टोली बनाएर समेत देश पुननिर्माणमा कार्य गर्न सकिने प्रस्ताव गरिएको छ । नेपाललाई हरेक क्षेत्रबाट सहयोग गर्न चाहे पनि कानुनी र प्रक्रियागत झण्झटले पुरयाउने अवरोधका बारेमा समेत कार्यक्रममा उनीहरुले चिन्ता ब्यक्त गरेका थिए । यसैगरि विपदको समयमा सञ्चारमाध्यमले समेत सही र सन्तुलित समाचार प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो ।

अष्ट्रेलियाको क्युन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट प्रकोपको मिडिया फ्रेमिङ्ग बिषयमा बिद्याबारिधि गरिरहेका भरत पोखरेलले प्रकोपको समयमा यससँग ज्ञान भएका सञ्चारकर्मीहरुको सहभागितामा जोड दिइएका थियो । उक्त कार्यक्रमबाट निकालिएको निष्कर्ष प्रधानमन्त्री कार्यलयका साथै, पुनर्निर्माण परामर्श समिति, योजना आयोग र विभिन्न मन्त्रालयहरुमा सुझाव र प्रस्तावका रुपमा केही दिनमै प्रस्तुत गरिन्दैछ । कार्यक्रममा सहभागि अष्ट्रेलियास्थित नेपाली राजदुत रुद्र नेपालले समेत विज्ञहरुको यस कार्यलाई सहना गर्दै आफ्नो तवरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


NEPAL NEWS Team
275 views

सम्बन्धित समाचारहरु