Saturday, June 15, 2024

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रतिक प्रधान


  • June 5, 2015


प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रतिक प्रधान

काठमाडौ । सरकारले बरिष्ठ पत्रकार प्रतिक प्रधानलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेको छ ।मन्त्रिपरिषदको शुक्रबारको बैठकले राज्यमन्त्री सरहको सुविधा पाउने गरी प्रेस सल्लाहकार नियुक्त गरेको हो ।प्रधानले अघिल्लो हप्तामात्र नागरिक दैनीकको प्रधान सम्पादक पदबाट राजीनामा दिएका थिए । त्यसअघि प्रधान कारोबार दैनीक र दी काठमाडौं पोष्टका सम्पादक थिए । यसैगरि चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राईलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदले राईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
५ महिना रिक्त्तपछि सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्त्त गरेको हो । चलचित्र निर्माता संघका अध्यक्ष राई सत्तारुढ नेपाली कांग्रेस निकट मानिन्छन् । यसअघि धर्मेन्द्र मरवैताले पद छाडेपछि बोर्ड अध्यक्ष विहीन भएको थियो ।


NEPAL NEWS Team
524 views

सम्बन्धित समाचारहरु