Wednesday, June 12, 2024

एक्सपर्ट एजुकेशन प्रर्दशनी–२०१५ हुने


  • June 4, 2015


एक्सपर्ट एजुकेशन प्रर्दशनी–२०१५ हुने

सिड्नी । विगत लामो समयदेखि अस्ट्रेलियामा शैक्षिक परामर्श सेवा पु¥याउदै आएको एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले यहि जुन २६ तारिख शुक्रवारका दिन एक शैक्षिक प्रर्दशनीको आयोजना गर्ने भएको छ । एक्सपर्ट एजुकेशनका डाइरेक्टर मध्येका एक संजिव शर्माका अनुसार उक्त दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म Level 6 263 Clarence Street Sydney मा रहेको एक्सपर्टको नयाँ अफिसमा उक्त शैक्षिक प्रर्दशनी गरिने भएको छ । करिब १५ वटा भन्दा बढी विश्वविद्यालय तथा इन्स्च्यिूटहरुका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागीता रहने सो भेलामा विद्यार्थीहरुले आ–आफ्ना समस्या तथा चासोको विषयमा प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् ।
विशेषतः विद्यार्थीको करियरलाई लक्षित गरी आयोजना गरिन लागेको सो भेलामा अस्ट्रेलियामा अध्ययन र माइग्रेसन सम्बन्धि सुचनामुलक सेसन चलाइनुका साथै प्रोफेसनल इयर सम्बन्धि रायसल्लाह समेत दिइनेछ ।
भेलामा उपस्थित विद्यार्थीहरुलाई लक्की ड्र द्वारा छानिएका विद्यार्थीहरुलाई एप्पल घडी तथा आई प्याड लगायत अन्य आर्कषण पुरस्कारको समेत प्रदान गर्ने एक्सपर्टले जनाएको छ । संस्थाले हालसम्म करिब १२ हजार भन्दा बढी विद्यार्थीहरुलाई अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गरिसकेको छ ।


NEPAL NEWS Team
246 views

सम्बन्धित समाचारहरु