Wednesday, June 12, 2024

तनहुँ समाज अस्ट्रेलियाको बारबिक्यू भेला


  • June 4, 2015


तनहुँ समाज अस्ट्रेलियाको बारबिक्यू भेला

सिड्नी । नेपालको तनहुँबाट अस्ट्रेलिया आई अध्ययन अध्यापन तथा विभिन्न पेशा व्यवसायमा रहनुभएका सबै तनहुँवासीलाई एकत्रित गरी आफ्नो गाउँ टोल तथा जिल्लाको विकासमा केही टेवा पु¥याउने तथा जिल्लावासीहरु बीच एक आपसमा चिनजान गरि सहयोग तथा दुखःसुख साटासाट गर्ने हेतुले यहि जुन २१ तारिख आइतवारका दिन एस्फिल्ड पार्कमा तनहुँ समाज अस्ट्रेलियाले एक बारबिक्यू भेलाको आयोजना गर्ने भएको छ । पि. आर अधिकारीका अनुसार सो कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुनेछ । प्रवासमा रहेर पनि आफ्नो थातथलोलाई माया गर्ने अस्ट्रेलियामा छरिएर रहेका तनहुँवासीहरु उक्त बारबिक्यू भेलामा सहभागी भईदिनुहुन पनि अधिकारीले सबैलाई अनुरोध गरेका छन् ।


NEPAL NEWS Team
316 views

सम्बन्धित समाचारहरु