संविधानको विवाद टुंगो लगाएर मात्र राष्ट्रिय सरकार बनाउने सहमति


  • May 31, 2015


संविधानको विवाद टुंगो लगाएर मात्र राष्ट्रिय सरकार बनाउने सहमति

काठमाडौं । मुख्य राजनीतिक दलहरुले संविधान निर्माणमा देखिएका विवादीत बिषयको टुंगो लगाएर मात्र नयाँ राष्ट्रिय सरकार गठनका बारेमा औपचारीक छलफल थाल्ने सैद्धान्तिक सहमति गरेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा सँगै रहेका दलहरु अब संविधान निर्माणका लागि पनि सरकार गठनमा सहमत भएपनि राष्ट्रिय सरकारका बारेमा दलहरुले औपचारिक छलफल थालेका थिएनन् । तर संविधानका विषयमा सहमतिपछि राष्ट्रिय सरकार वा सरकारसँगै संविधानका विवादीत बिषय टुंगो लगाउने भन्नेमा दलहरुका आ–आफ्ना धारणा रहेका थिए । तर आज बसेको मुख्य तीन दल र मधेशी मोर्चाको बैठकले संविधानका विवादीत बिषय टुंगो लगाएर मात्र राष्ट्रिय सरकार गठनको छलफल थाल्ने सैद्धान्तिक सहमति गरेका छन् ।
यसैगरि संविधानका विवादीत बिषयमा सहमति जुटाउनका लागि संविधानसभा अध्यक्ष सुवास नेम्वाङसंग ५ दिनको समय माग गर्ने पनि बैठकले निर्णय गरेको छ । शनिवारका लागि बोलाएको संविधानसभाको बैठक सुचना टाँसेर अन्त्य गरिएको थियो । आजको बैठकपनि सुचना टाँसेर अन्तय गर्ने तयारी भएको छ । मुख्य राजनीतिक शक्तिहरुको बैठकले ५ दिनको समय माग गरेपछि केहि दिन संविधानसभा स्थागित हुने भएको छ ।


NEPAL NEWS Team
284 views

सम्बन्धित समाचारहरु