Wednesday, June 12, 2024

राष्ट्रिय सरकार गठनका बारेमा दलहरु औपचारिक छलफलमा


  • May 31, 2015


राष्ट्रिय सरकार गठनका बारेमा दलहरु औपचारिक छलफलमा

काठमाडौं । मुख्य राजनीतिक दलहरुले नयाँ राष्ट्रिय सरकार गठनका बारेमा औपचारीक छलफलमा जुटेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा सँगै रहेका दलहरु अब संविधान निर्माणका लागि पनि सरकार गठनमा सहमत भएपनि राष्ट्रिय सरकारका बारेमा दलहरुले औपचारिक छलफल थालेका थिएनन् । तर संविधानका विषयमा सहमतिपछि राष्ट्रिय सरकार वा सरकारसँगै संविधानका विवादीत बिषय टुंगो लगाउने भन्नेमा दलहरुका आ–आफ्ना धारणा रहेका छन् । दुईपक्षीय छलफलमा रहेका दलहरु आज सरकार गठनका विषयमा साझा सहमति जुटाउन सामुहिक छलफलमा बस्दैछन् । बिहान प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा विभिन्न विकल्पमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुबीच छलफल हुन लागेको हो । वैशाखको पहिलोसाता शक्तिशाली भूकम्पपछि बसेको संसद बैठकमा पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय सरकार गठनमा जोड दिएका थिए । त्यसयता राष्ट्रिय सरकार गठनको कुरा उठ्दै आए पनि सरकारको स्वरुपको बारेमा टुंगो लाग्न सकेको छैन ।
सुशील कोइराला नेतृत्वको सरकार गठनअघि एमाले र काङ्ग्रेसबीच भएको ७ बुँदेसहमतिमा संविधान जारी भएपछि सरकार परिवर्तन गर्ने सहमति भएको थियो । कांग्रेसले भने संविधान सुनिश्चितता नभएसम्म सरकार गठन नहुने जनाइसकेको छ । एमाले कांग्रेसले सरकार गठनपछि संविधान जारी गर्ने सोच बनाएका छन् ।


NEPAL NEWS Team
307 views

सम्बन्धित समाचारहरु