Wednesday, June 12, 2024

रौतहटमा गाडी दुर्घटनामा तीनको मृत्यु


  • May 31, 2015


रौतहटमा गाडी दुर्घटनामा तीनको मृत्यु

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत वीरेन्द्र राजमार्गमा गए राति विपरीत दिशाबाट आएको एम्बुलेन्स र ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । वीरगन्जबाट नवजात शिशुसहित सुत्केरीलाई उनको घर सुखअवा धमौरा गाविस– ९ मा लाने क्रममा चन्द्रपुर नगरपालिका–१३ स्थित राजमार्गमा एम्बुलेन्स र गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना२ख ९८९८ नंको ट्रक जुध्दा एम्बुलेन्स चालक तथा सुत्केरी र शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । एम्बुलेन्स चालक चन्द्रपुर नगरपालिका बस्ने सुरेश विश्वकर्माको घटनास्थलमा नै तथा उपचारका क्रममासुत्केरी हमिबुल खातुन र शिशुको मृत्यु भएको हो । घाइते समुद्र विश्वकर्मा र रोक्सना खातुनको वीरगन्जमा उपचार भइरहेको छ भने ट्रक चालक फरार भएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा चाकलको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।


NEPAL NEWS Team
291 views

सम्बन्धित समाचारहरु